September 23, 2017

कोमल ओली एमालेले प्रवेश गर्ने !

 
 

download

७ असोज, काठमाडौं । राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने भएकी छन् । राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् ।कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । राना र ओलीलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं दाङ जाने भएका छन् ।

कोमल ओलीले यसबीचमा एमाले प्रवेशका लागि माधव नेपाल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन् । राप्रपा विभाजनपछि निराश बनेकी ओलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी हुन् । उनले यसबीचमा एमाले प्रवेश गर्नेहरुको एउटा सूची नै बनाएकी छिन् ।

राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै एमालेमा प्रवेश गर्न लागेकी ओलीले पार्टीमा पाइने जिम्मेवारीका बारेमा समेत नेताहरुसँग छलफल गरेको बताइएको छ । उनी रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा संलग्न भइसकेकी छन् ।

कोमल ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत एमाले प्रवेशका लागि वार्ता चलाएकी हुन् । पोखरेल र ओली दाङको एउटै क्षेत्रका हुन् । दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका सहित बहुसंख्यक स्थानीय तह जितेपछि एमाले दाङमा प्रभाव बढाउने रणनीतिमा छ ।

कोमल ओली र बलिभद्र रानालाई एमाले प्रवेश गराउँदा चुनाव जित्न सहज हुने देखेर एमाले नेता पोखरेल खटिएका थिए । रानालाई माओवादी नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि माओवादी प्रवेश गराउन चाहेका थिए ।गायिका कोमल ओली र नायिका रेखा थापा एकसाथ राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । राप्रपा फुटेपछि ओली कमल थापा समूहमा थिइन् भने रोखा चाहिँ पशुपतिसमशेर राणा समूहमा लागेकी छिन् ।

ओली एमालेमा प्रवेश गरे पनि रेखाले भने पार्टी परिवर्तनको निर्णय गरेकी छैनन् ।कोमल ओलीलाई एमालेले प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुुपातिकतर्फको सांसद बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । जताबाट भए पनि कोमल अब एमालेबाट सांसद बन्ने सम्भावना रहेको उनी निकट स्रोतले बतायो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका