वावुरामलाई हराउन खोज्दा गोरखा नहारोस : डा. भट्टराई

वावुरामलाई हराउन खोज्दा गोरखा नहारोस : डा. भट्टराई  "फोटो फिचर सहित"

 

 ०५ असोज, काठमाण्डौं ।
      नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पुर्व प्रम डा.वावुराम भट्टराईले गोरखामा आफुलाई हराउन खोज्दा जिल्लाले नहारोस भन्ने चेतावनी दिएका छन । “एउटा आशक्ति गोरखामा जसरि पनि वावुरामलाई हराउने भनेर लागेको सुनेको छु तर मैले हार्दा गोरखाको विकाश र संवृद्धिले नहारोस” भनेर गम्भिर हुदै उनले भने । गोरखा संपर्क समिति काठमाण्डौंले आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान समारोमा शुभ कामना मन्तव्य दिने क्रममा उनले उक्त कुरा राखेका हुन ।

हिजोमात्र नेकपा माओवादि केन्द्रका अध्यक्ष प्रचण्डले गोरखामा भएको एक कार्यक्रममा वावुरामलाई हराउन पर्ने आशयको निर्देशन सहितको मन्तव्य दिएका थिए । स्थनिय चुनाव देखिकै माओवादि केन्द्र जसरि पनि वावुराम हराउ अभियानमा सवै हतकण्डा अपनाएर अगाडि वढेको देखिन्छ ।

हजारौ गोरखालीहरुको उपस्थित रहेको वनस्थलिको च्छो रोल्पा पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा आफुलाई मायाँ गरेर २–२ पटक सम्म गोरखाली जनताले जिताएकोले यस पटक पनि जिताउनेमा निश्चिन्त रहेको डा.भट्टराईको भनाई रहेको थियो । गोरखा वजारवाट एक ईन्चि अगाडि वाटो नवढेको तथा अवुवाको दरौंदिको पुल भन्दा वाहेक कुनै पुल नभएको गोरखामा आफु अर्थमन्त्री र प्रधानमन्त्री हुँदा भच्चेक माथि र लेक लेक सम्म वाटो तथा ठाउँ ठाउँमा पक्कि पुलहरु निर्माण गरेको समेत उनले उल्लेख गरेका थिए ।

डा.भट्टराईले गोरखाली जनता सचेत भैसकेकोले अव सवैले कुरा वुझेका छन तसर्थ “झिङ्गाले सरापेर डिङ्गा मर्दैन” भनेर व्यांग्य समेत गर्न भ्याएका थिए । मन्तव्यको क्रममा उनले भावुक हुँदै “म त ६४ वर्षको वुढो भएँ मेरो आफ्नो लागि वन्नु पर्ने अरु छुट्टै कुनै महत्वकाँक्षा छैन तर विकाश र सुन्दर गोरखा युवा पिढीलाई हस्तान्तरण गरेर मर्ने धोको भने अझै वाँकि छ त्यो अवसरको लागि मलाई प्रयोग गर्नुस” भनेर सवै गोखालीलाई समेत भावुक वनाएका थिए । 

संपर्क समितिका अध्यक्ष विश्वनाथ अधिकारीले अध्यक्षता गरेको उक्त कार्यक्रममा शहिद शुरेश वाग्लेका छोरा दिपक वाग्लेले नयाँ शक्तिले मार्क्सबाद व्यवाहारीक पाटो समातेकोले आफु वुवाको सपना साकार हुनेमा ढुक्क भएको वताएका थिए । नयाँ शक्तिले शहिद र मार्क्सबाद छोड्यो भन्ने माओवादिको आरोपको खण्डन गर्दै मर्क्सबाद सिरानीमा हालेर सुत्ने धार्मीक ग्रन्थ नभएको तथा मार्क्सबाद  विकाश र सम्वृद्धिको विज्ञान भएकोले हामी त्यो मार्गमा लाग्नु पर्ने समेत वताएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट