३० भदौ, पोखरा : बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ ।
उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।
त्यस्तै ११:२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए ।
पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा रु .तीनहजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ ।
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र