साबिकको बिजेता तथा स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजय सुरुआत गरेको छ । बुधबार राति भएको समूह चरणको पहिलो खेलमा साइप्रसको क्लब अपोल निकोसियालाई ३–० ले पराजित गर्दै रियल मड्रिडले विजय सुरुआत गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जित दिलाउन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले दुई तथा सर्जियो रामोसले एक गोल गरे ।
जितसँगै समूह एचको रियलले महत्वपूर्ण ३ अंक जोडेको छ । यो समूहमा रियल मड्रिड शीर्ष स्थानमा छ ।
सान्टियागो बर्नाबेउमा भएको खेलमा रोनाल्डोले १२ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट ब्यतिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ६१ औं मिनेटम रामोसले गोल गर्दै रियल मड्रिडलाई ३–० को जित दिलाए ।
अपोल निकोसियाविरुद्ध दुई गोलगरेसँगै रोनाल्डो च्याम्पियन्स लिग फुटबलमा घरेलु मैदानमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा भएका खेलमा अहिलेसम्म ५५ गोल गरेका छन् । दोस्रो स्थानमा बार्सिलोनाका लियोनल मेस्सी रहेका छन् । मेस्सीले ५४ गोल गरेका छन् ।
समूह एच अन्तर्गतकै अर्को खेलमा इंग्लिश क्लब टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३–१ ले पराजित गरेको छ ।
टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले दुई तथा सन हेङ मिनले एक गोल गरे । डर्टमण्डका एण्ड्री यार्मोलेन्कोले सान्त्वना गोल फर्काए । जितपछि टोटनह्यामले पनि ३ अंक जोडेको छ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार