नेपालमा सुरुङ खन्ने अत्याधुनिक यन्त्र आयो

काठमाडौं, २७ भदौ । राष्ट्रिय गौरवको एउटा महत्त्वपूर्ण सिँचाइ आयोजनाको सुरुङ खन्नका निम्ति नेपालमा पहिलो पटक “अत्याधुनिक” ‘टनेल बोरिङ मसिन (टिबिएम)’ ल्याइएको भेरी-बबई बहुउद्देश्यीय आयोजनाका अधिकारीहरुले बताएका छन् ।

machine

उक्त आयोजनाको १२ किलोमिटर सुरुङ द्रुत गतिमा खन्नका लागि सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीकै लगानीमा सो यन्त्र झिकाइएको हो ।
भारी र ठूलो आकारको उक्त यन्त्रलाई नेपाल-भारत सीमा नाकाबाट निर्माणस्थलसम्म ढुवानी गर्न मंगलबार राति साढे ९ बजेदेखि बुधवार बिहान ६ बजेसम्म करिब ३० किमी सडकखण्ड पूर्णरुपमा बन्द गरिने अधिकारीहरुले बताएका छन् ।

ठूला आयोजनाहरुको सुरुङ निर्माणका लागि परम्परागत उपकरणको प्रयोग गर्दा धेरै जनशक्ति र समय लाग्ने भएकोले खर्च समेत बढ्ने हुनाले भेरी-बबई बहुउद्देश्यीय आयोजनाले पहिलो पटक त्यस्तो अत्याधुनिक सुरुङ खन्ने यन्त्र भित्र्याएको हो।

उक्त आयोजनाका अनुसार एकसाथ ४८ मेगावाट विद्युत् उत्पादन तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग