एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने :ओली

 

दमौली, भदौ २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश र संघको चुनावपछि एमाले पहिले शक्ति हुने र उसकै नेतृत्वमा सरकार बन्ने जिकिर गरे ।पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले पहिलो शक्ति भइसकेको र २ नम्बर प्रदेशको चुनावमा पनि एमाले नै अगाडि आउने उनको भनाइ छ ।

एमाले मधेसविरोधी होइन भन्दै उनले राष्ट्रियता जोगाउने भूमिकामा पार्टी अडिग रहेको बताए ।नाकाबन्दीका बेला आफू प्रधानमन्त्री रहेको र त्यतिबेला राष्ट्रवादी काम गरेकाले जनताको साथ पाएको बुझाइ उनको भनाइ छ ।एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, सचिव भगवती न्यौपानेलगायतले जनताको हितमा काम गरेकाले एमालेको पक्षमा जनलहर आएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष