नेप्से ११.९४ अंकले बढ्यो

काठमाडौं, २१ भदौ- शेयर बजार परिसुचक नेप्से बुधबार उकालो लागेको छ । बजारको ठूलो हिस्सा ओगट्ने बैंक र बीमा क्षेत्रमा सकारात्मक प्रभाव पर्दा बुधबार नेप्से ११ दशमलव ९४ अंकले बढेको हो । बुधबार बजार १५६६ दशमलव ५० अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ७२ अंकले बढेर ३२८ दशमलव २१ अंकमा पुगेको छ ।

बजारमा लाभांशको समय र घटेको रेटमा शेयर किन्दा फाइदा हुने आँकलन गर्दै लगानीकर्ताको खरिद चाप पर्दा बजार बढेको सापकोटाको भनाई छ । बुधबार १६४ कम्पनीका १६ लाख ४३ हजार कित्ता शेयर ८३ करोड ४३ लाख रुपैयाँमा खरिद बिक्री भयो। आज सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर खरिद बिक्री भयो । बैंकले आजै ४० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको ७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार उत्पादनमूलक समूह ४८ दशमलव ०२ अंकले घट्यो भने अरु सबै उपसूचक बढेका छन् । बैंक ११ दशमलव ८१, होटल २२ दशमलव ०३, विकास बैंक २० दशमलव ६९, जलबिद्युत ३ दशमलव ०४, फाइनान्स १ दशमलव २२, बीमा ५५ दशमलव २५ र अन्य ९ दशमलव २५ अंकले बढेको छ ।

बुधबार सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले करिब १० प्रतिशत कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि