१८ भदौ, काठमाडौँ – वैदेशिक रोजगारीमा जाने कामदारसँग तोकिएको भन्दा बढी रकम असुल्ने कार्यमा संलग्न सिनामंगलस्थित सिद्ध ग्लोबल मेनपावरका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।
मलेसिया जाने दुईजना कामदारसँग रु एक लाख ६० हजार लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागको टोलीले आज उक्त मेनपावरका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको हो ।
आफूहरुसँग बढी रकम माग गरिएको भन्दै पीडितले विभागमा उजुरी दिएपछि गोप्यरुपमा अनुगमनमा गएको विभागको टोलीले सो रकम लिँदै गरेको अस्थामा अधिकारीलाई पक्राउ गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । पक्राउ परेकालाई विभागले हिरासतमा राखेर अनुसन्धान गरिएको उनले बताए । सो मेनपावरका सञ्चालक शंकरप्रसाद आचार्यको पनि खोजी भइरहेको विभागले जनाएको छ ।
विसं २०७२ असार २१ गतेदेखि मलेसिया र खाडीका राष्ट्रहरु कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन र कुबेतमा रोजगारीमा जाने नेपाली कामदारबाट मेनपावरले बढीमा रु १० हजारमात्रै सेवाशुल्क लिन पाउने व्यवस्था सरकारले गरेको छ ।
सो व्यवस्था रहेपनि अधिकांश मेनपावरले तोकिएको भन्दा बढी रकम कामदारबाट असुल्दै आइरहेका छन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष