संघीय फोरमको माग:क्षेत्र निर्धारण सच्याउ

प्रतिवेदन बिभेदकारी र त्रुटीपूर्ण रहेको दाबी

१६ भदौ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन माग गरेको छ । भूगोल र जनसंख्याको अनुपात नमिलाइएको भन्दै फोरमले प्रतिवेदन सच्याउन माग गरेको हो ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति निकालेर आयोगको प्रतिवेदन बिभेदकारी र त्रुटीपूर्ण रहेको दाबी गरेका छन् ।

एकाउन्न प्रतिशत जनसंख्या रहेको तराई मधेसमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहको आधारमा ४७ प्रतिशतमा सीमित गरी मधेसी र गैरमधेसी समुदायको बर्चस्व कायम गर्ने गरी अधिकांश क्षेत्रको पुनर्संरचना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘आयोगले स्वतन्त्र, निष्पक्ष र विभेदरहित ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेमा नेपाली कांग्रेसको स्वार्थपूर्ति हुनेगरी क्षेत्र निर्धारण गरिएको हुनाले सो प्रतिवेदन तत्काल सच्याउन जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

 बिज्ञप्ति

२०७४ भदौ १६ गते १३:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा