डोल्पावासीको चामल दुईवर्षदेखि काठमाडौंमै

१३ भदाै,डोल्पा – डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । 

विगतका वर्षमा सरकारले उपल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दाका लागि सहुलियतको चामल नुनलगायत खाद्यान्न उपलब्ध गराउँदै आएको थियो । तर केरुङ नाका विवादपछि उपल्लो डोल्पाका बासिन्दाका लागि सरकारले उपलब्ध गराउँदै आएको चामल दुई वर्षदेखि काठमाडौंमै थन्किएको छ । 

उपल्लो डोल्पाको लागि छुट्याइएको छ हजार ८०० क्वीन्टल चामल र तीन हजार क्वीन्टल नुन काठमाडौँको गोदाममा थन्किएको छ । खाद्यान्न संकटको मार खेपिरहेको उपल्लो डोल्पामा दुई वर्षदेखि अनुदानको चामल र नुन नजाँदा उपल्लो डोल्पावासी मर्कामा परेका छन् । 

केरुङ नाका विवादका कारण माथिल्लो डोल्पामा चामल लैजान नसकिएको ठेकेदार विजय रोेक्काले बताए । भन्सार करमा वृद्धि भएकाले व्यापारीसँग कुरा नमिलेपछि समयमै खाद्यान्न ढुवानी हुन नसकेको उनको भनाइ छ । माथिल्लो डोल्पामा चामल लैजान एक सय भन्दा धेरै ट्रक आवाश्यकपर्ने भएको र केरुङ नाका जान रसुवाकै नागरिक चालक हुनु पर्ने प्रावधान भएकाले अन्य चालकले जान नपाउने भएपछि ढुवानीमा समस्या भएको रोकायले बताए । 

“अबको एक साताभित्र गतवर्ष देखिको सञ्चित चामल र नुन माथिल्लो डोल्पा पुग्छ,” जिल्ला खाद्य प्रमुख हरिप्रसाद जोशीले भने । हरेक वर्ष उपल्लो डोल्पाका तीनवटा गाउँपालिकामा तिब्बत्को नाका हुँदै खाद्यान्न ढुवानी गर्ने गरेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । विगतका वर्षमा तातोपानी नाकाबाट खाद्यान्न लैजाने गरे पनि भूकम्पले उक्त नाका अवरुद्ध भएपछि केरुङ नाकाबाट ढुवानी गर्ने गरेको साल्ट कर्पोरेसन डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए । 

भौगोलिक कठिनाइका कारण माथिल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पा बुद्ध गाउँपालिकाका बासिन्दाले वर्षमा एक पटक मात्र सरकारी सहुलियतको खाद्यान्न पाउने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र