११ भदौ, दाङ – सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बीचको सम्वन्ध थप प्रगाढ बनाउन भूमिका खेलेको बताएका छन् ।
दाङमा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री बस्नेतले प्रधानमन्त्री शेरवहादुर देउवाको भ्रमणका सवालमा भिन्न ढंग कुरा उठाउनु गलत भएको बताए ।
प्रधानमन्त्रीको भ्रमणको क्रममा पुराना सन्धि सम्झौंताहरुको मात्रै पुनराबलोकन भएको तर, नयाँ सन्धि सम्झौंता केही नभएको मन्त्री बस्नेतले बताए । प्रतिपक्षी हुँ भन्दैमा राष्ट्रियताको सवालमा मनपरी बोलेर राजनीति नगर्न उनले प्रतिपक्षी एमालेलाई आग्रह गरे ।
त्यस्तै उनले सरकार अल्पमतमा छ वा यस्को विकल्प शुरु भइसकेको छ भन्नु गलत हुने बताए । ‘आक्कल झुक्कल र आंशिक रुपमा कुरा चल्नुको अर्थ छैन ।’ मन्त्री बस्नेतले भने, ‘यो सरकार परिवर्तनको जमिन बनेको छैन ।’
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा