मदन पुरस्कार-२०७३ घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यलाई

११ भदौ, काठमाडौं – घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यले मदन पुरस्कार-२०७३ पाउने भएको छ ।

 

madan-puruskar-2073

२०७३ मा प्रकाशित भएका मध्ये गुठीमा प्राप्त १९५ पुस्तकबाट कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय मदन पुरस्कार गठीको बैठकले गरेको हो ।

मदन पुरस्कार-२०७३ का लागि गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहानको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ठ ९ पुस्तकका रुपमा छनौट गरिएको थियो ।

यस्तै जगदम्बा-श्री पुरस्कार दुर्गा बराल वात्सायनलाई प्रदान गर्ने निर्णय गुठीले गरेको छ ।

गुठीको बैठकले समसामयिक विषय र विसंगतिहरुलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाचाजमा सचेतना जगाउँदै निरन्तर भाषाको सेवा गरिरहेको भन्दै वात्सायनलाई जगदम्बा-श्री प्रदान गर्ने निर्णय गरेको हो ।

यी दुवै पुरस्कारको राशी २/२ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र