थप १० जिल्लामा निःशुल्क इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्यान्ड पु¥याउने अभियान अन्तर्गत थप दस जिल्लामा प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले प्रदेश सात अन्तर्गतका सात जिल्ला र प्रदेश तीन अन्तर्गतका तीनवटा जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट जडानका लागि अनुमति प्राप्त सेवा प्रदायकबाट आवेदन माग गरेको खबर  छ ।

अभियान अन्तर्गत सात प्रदेशमा ‘प्याकेज ए’मा दार्चुला, डोटी, डडेल्धुरा र बैतडी रहेका छन् । सोही प्रदेशको ‘प्याकेज बी’ अन्तर्गत अछाम, बझाङ् र बाजुरा रहेका छन् । त्यस्तै प्रदेश तीन अन्तर्गत ताप्लेजुङ्, सङ्खुवासभा र सोलुखुम्बु जिल्लामा रहेका छन् । यी जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन आवेदन माग गरिएको हो –प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुभयो । 

प्राधिकरणले यसअघि प्रदेश दुई अन्तर्गतका सबै जिल्ला र कर्णाली क्षेत्रका आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने प्रक्रिया अघि सारेको छ । यसपटक थप गरिएका दस जिल्लामा सेवा प्रदायकले अप्टिकल फाइबर अथवा माइक्रोवेभ मार्फत ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने सक्ने प्रावधान प्राधिकरणले राखेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित