उपचार नपाएर तीन बालबालिकाको यसरी ज्यान गयो

बर्दिया – बाढीका कारण बिरामी भएका तीन जना बालबालिकाको उपचार  नपाएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा,
-बारबर्दिया नगरपालिका २ ढुंग्रहीका धरबहादुर थारुकी ९ बर्षीया छोरी अनिता,
-बारबर्दिया नगरपालिका ५ धोबियागाउँका प्रदीप चौधरीका २१ दिनका छोरा अविल र,
-गुलरिया नपा ४ बिचैपुरका अर्जुन श्रेष्ठका ३ बर्षकी छोरी कृष्टि रहेका छन् ।

अनिता साउन २७ गतेदेखिको अविरल बर्षाबाट आएको बाढीका क्रममा भिजेर ज्वरो आउने र उल्टी गरिरहेको अवस्थामा बाटो अबरुद्ध रहेका कारण स्वास्थ्य संस्थामा लैजान नसकेको र ३२ गते मृत्यु भएको बाबु धनबहादुरले बताए ।

२१ दिनका बालक अविलसाउन २१ गते आएको बाढीले घर डुबानमा परेपछि सुरक्षित स्थानमा अन्य परिवार र सामानसहित बच्चालाई पनि साथमा लिएर भाग्ने क्रममा बच्चा पानीमा खसी डुबेको थियो । तत्कालै बच्चालाई पानीबाट निकालिएको भएपनि पछि पानीमा भिजेका कारण ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भई साउन ३१ गते मृत्यु भएको उनका बाबुले बताए ।

कृष्टिपनि ज्वरो आउने र वान्ता गर्ने गरेकी थिइन् । बेचैपुर गाउँबाट अस्पताल ल्याउन बबई नदीमा आएको बाढीले जलमग्न भएको र हिँडेर वा अन्य कुनै बाटोबाट सम्भव नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र