उपचार नपाएर तीन बालबालिकाको यसरी ज्यान गयो

बर्दिया – बाढीका कारण बिरामी भएका तीन जना बालबालिकाको उपचार  नपाएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा,
-बारबर्दिया नगरपालिका २ ढुंग्रहीका धरबहादुर थारुकी ९ बर्षीया छोरी अनिता,
-बारबर्दिया नगरपालिका ५ धोबियागाउँका प्रदीप चौधरीका २१ दिनका छोरा अविल र,
-गुलरिया नपा ४ बिचैपुरका अर्जुन श्रेष्ठका ३ बर्षकी छोरी कृष्टि रहेका छन् ।

अनिता साउन २७ गतेदेखिको अविरल बर्षाबाट आएको बाढीका क्रममा भिजेर ज्वरो आउने र उल्टी गरिरहेको अवस्थामा बाटो अबरुद्ध रहेका कारण स्वास्थ्य संस्थामा लैजान नसकेको र ३२ गते मृत्यु भएको बाबु धनबहादुरले बताए ।

२१ दिनका बालक अविलसाउन २१ गते आएको बाढीले घर डुबानमा परेपछि सुरक्षित स्थानमा अन्य परिवार र सामानसहित बच्चालाई पनि साथमा लिएर भाग्ने क्रममा बच्चा पानीमा खसी डुबेको थियो । तत्कालै बच्चालाई पानीबाट निकालिएको भएपनि पछि पानीमा भिजेका कारण ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भई साउन ३१ गते मृत्यु भएको उनका बाबुले बताए ।

कृष्टिपनि ज्वरो आउने र वान्ता गर्ने गरेकी थिइन् । बेचैपुर गाउँबाट अस्पताल ल्याउन बबई नदीमा आएको बाढीले जलमग्न भएको र हिँडेर वा अन्य कुनै बाटोबाट सम्भव नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष