२ भदौ, जेनेभा – सियरा लियोनमा करिब एक हप्ता यतादेखि जारी रहेको बाढी र पहिरोमा परी कम्तीमा पनि ४०० जनाको ज्यान गएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिका एकजना अधिकारीले जनाएका छन् ।

हप्तादिन अघिदेखि सियरा लियोनमा बाढी आएको छ । कतिपय स्थानमा पहिरो खसिरहेको बताइएको छ । गत मङ्गलबार नै बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या २०० पुगिसकेको थियो । त्यसलगत्तै त्यहाँ हप्तादिनसम्म राष्ट्रव्यापी शोक सप्ताहको घोषणा गरिएको छ ।
ठूलो झरी र अविरल वर्षाका कारण गत सोमबारदेखि देशका धेरै ठाउँमा पहिरो गएको छ । कैयौँको पहिरोमा परी मृत्यु भएको छ । अझै पनि करिब ६०० जना बेपत्ता भएका छन् ।
हजारौँ व्यक्ति घरबारविहीन भएका कारण मृत्यु भएकालाई श्रद्धाञ्जलि व्यक्त गर्न र उद्धारका लागि भन्दै उक्त शोक सप्ताहको घोषणा गरिएको हो ।
राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा देशभरका सबै कार्यालय तथा विदेशमा रहेका सियरा लियोनका सबै कूटनीतिक नियोगमा रहेका राष्ट्रिय झण्डा १६ देखि २२ अगस्टसम्म आधा झुकाइने बताइएको छ ।
गरिबी व्याप्त रहेको यस पश्चिम अफ्रिकी मुलुकको राजधानी फ्रिटाउनको बाहिरी ग्रामीण इलाकामा गत सोमबारदेखि परेको लगातारको ठूलो झरीका कारण धेरै क्षेत्रमा पहिरो गएको छ ।
सियरा लियोनको आकस्मिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार बेपत्ता व्यक्तिको खोजीका लागि ठूलो सङ्ख्याका उद्धारकर्मी खटाइएको छ ।
त्यस्तै वर्षा र पहिरोका कारण कम्तीमा तीन हजार मानिस घरबारविहीन भएको सियरा लियोनस्थित अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।
अफ्रिकी राष्ट्रहरूले विगतका केही वर्षदेखि ठूला प्राकृतिक विपत्ति व्यहोर्नु परेको थिएन । सियरा लियोनको यस घटनालाई विगतका केही वर्ष यताको सबैभन्दा भयावह विपद्को रूपमा हेरिएको छ ।
छिमेकी अफ्रिकी मुलुकहरु नाइजेरिया र केन्याका राष्ट्रपति अफ्रिकी संघका अध्यक्ष मोउसा फकी महम्मतलगायत अन्य थुप्रै अफ्रिकी राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूले सियरा लियोनका राष्ट्रपतिसमक्ष तत्कालै सहानुभूति व्यक्त गर्दै खाद्यान्न, लत्ता कपडा, औषधि तथा अन्य उद्धार सामग्रीहरू प्रदान गरी सहयोग गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रसका अध्यक्ष एल्दाज अस सीले जेनेभामा संवाददातारुसँग भने– “हामीले शुक्रबार गणना गरेका छौँ र अहिलेसम्ममा ४०० जनाको शव फेला परेको छ ।” रासस
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष