एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङको प्रशंसा गरेका छन् । ट्रम्पले किम जोङले गुआम द्वीपमाथि हमला नगर्ने निर्णयलाई ‘समझदारी’ बताउँदै उनको प्रशंसा गरेका हुन् ।
किमको निर्णयले दुई देशबीच त्रास उत्पन्न भएको थियो । तर, किमको हालको निर्णयले उक्त त्रासलाई केही हदसम्म भएपनि कम गराएको सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।
उत्तर कोरियाले खुला रुपमा अमेरिकामाथि हमला गर्नका लागि आफ्नो मिसाइल परियोजनालाई अघि बढाएको थियो । तर अघिल्लो हप्ता ट्रम्पले उत्तर कोरियालाई धम्की दिएका थिए कि यदि अमेरिकामाथि उत्तर कोरयाले हमलाको प्रयास गरेमात्र पनि गम्भीर परिणाम भोग्नुपर्नेछ । उत्तर कोरियाले गुआममाथि हमला गर्ने योजना बनाएपछि ट्रम्पले उक्त धम्की दिएका थिए । तर, बुधबार उत्तर कोरियाको मिडियालाई उधृत गर्दै किमले उक्त योजना हालका लागि रोकेको बताएको थियो ।
जानकारीका अनुसार किमले अमेरिकाको आगामी योजना कस्तो होला भनेर देख्न चाहन्छन् । यसमाथि ट्रम्पले ट्विट गर्दै भने, ‘किम जोङ-उनले निकै समझदारी र तर्कसंगत निर्णय लिएका छन् ।’ उनले भने. ‘कोही अन्य विकल्प दुवै देशका लागि विपत्तिपूर्ण र अस्वीकार्य हुनेछ ।’
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र