किन गरे ट्रम्पले किम जोङको प्रशंसा ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङको प्रशंसा गरेका छन् । ट्रम्पले किम जोङले गुआम द्वीपमाथि हमला नगर्ने निर्णयलाई ‘समझदारी’ बताउँदै उनको प्रशंसा गरेका हुन् ।

किमको निर्णयले दुई देशबीच त्रास उत्पन्न भएको थियो । तर, किमको हालको निर्णयले उक्त त्रासलाई केही हदसम्म भएपनि कम गराएको सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।

उत्तर कोरियाले खुला रुपमा अमेरिकामाथि हमला गर्नका लागि आफ्नो मिसाइल परियोजनालाई अघि बढाएको थियो । तर अघिल्लो हप्ता ट्रम्पले उत्तर कोरियालाई धम्की दिएका थिए कि यदि अमेरिकामाथि उत्तर कोरयाले हमलाको प्रयास गरेमात्र पनि गम्भीर परिणाम भोग्नुपर्नेछ । उत्तर कोरियाले गुआममाथि हमला गर्ने योजना बनाएपछि ट्रम्पले उक्त धम्की दिएका थिए । तर, बुधबार उत्तर कोरियाको मिडियालाई उधृत गर्दै किमले उक्त योजना हालका लागि रोकेको बताएको थियो ।

जानकारीका अनुसार किमले अमेरिकाको आगामी योजना कस्तो होला भनेर देख्न चाहन्छन् । यसमाथि ट्रम्पले ट्विट गर्दै भने, ‘किम जोङ-उनले निकै समझदारी र तर्कसंगत निर्णय लिएका छन् ।’ उनले भने. ‘कोही अन्य विकल्प दुवै देशका लागि विपत्तिपूर्ण र अस्वीकार्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित