१ भदौ, श्रीनगर (भारत प्रशासित काश्मिर) – भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको समाचार छ ।

दुवै देशका सैनिकले दुवै तर्फबाट गोली हानेका तर कतैतर्फ मानवीय हताहत भने नभएको समाचारमा जनाइएको छ । काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो । उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा पर्दछ ।
सो क्षेत्रमा बुधबार बिहान सबेरै करिब ५:३० बजेबाट यस्तो गोली हानाहान शुरु भएको थियो । दुवै देशका सेनाको तर्फबाट एकले अर्कोलाई ताकेरै गोली हानेको प्राप्त समाचारमा जनाइएको छ ।
यसरी गोली हानाहानको स्थिति अपराह्न करिब १ बजेसम्म नै जारी रहेको थियो । एकजना भारतीय रक्षा अधिकारीले भारततर्फ यस आक्रमणबाट कुनै मानवीय क्षति नभएको जानकारी सिन्ह्वा समाचार समितिलाई दिएका छन् ।
गत हप्ता पनि सोही क्षेत्रमा यसैगरी गोली हानाहान भएको थियो । त्यसमा परेर एकजना भारतीय सैनिक र एक सर्वसाधारण महिलाको ज्यान गएको थियो ।
ती भारतीय अधिकारीका अनुसार भारत प्रशासित सो क्षेत्रमा यस वर्ष कम्तीमा पनि ३०० वटा यस्तै गोली हानाहानका घटना भएका छन् । तिनमा परेर केही सर्वसाधारण नागरिकका साथै सैनिकको पनि ज्यान गएको छ ।
यस्ता दोहोरो फायरिङ गर्नेमा भारत र पाकिस्तानले एकले अर्को देशलाई दोषारोपण गर्ने गरेका छन् । आजको घटनामा पनि एकले अर्कोलाई आक्रमणको दोष दिएका छन् । रासस
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष