३२ साउन,एजेन्सी – भुटानको डोक्लाममा चलिरहेको विवादले विश्राम नपाउँदै भारत र चीनका सेना अर्को सिमा क्षेत्रमा टसल भएको खबर छ। भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार लद्धाख क्षेत्रमा दुबै देशका सेनाले एक अर्का विरुद्ध ढुङगा हानाहान गरेका छन्।
चिनियाँ सेना भारतीय सिमा भित्र छिर्दा भारतीय सेनाले प्रतिरोध गरेको र सोही क्रममा ढुङगा हानाहान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्याङगङ तालको बाटो गरि चिनियाँ सेना भारतीय क्षेत्रभित्र छिर्न खोज्दा स्थिति असहज बनेको बताइएको छ।
करिब १५ चिनियाँ सैनिक भारतीय क्षेत्रमा छिरेको र भारतको चेतावनीका बाबजुत उनिहरु पछी हट्न नमानेपछि स्थिति ढुङगा हानाहान सम्म पुगेको बताइएको छ ।
घटनामा दुबै तर्फबाट कुनै हतियार भने प्रयोगमा आएन। सो क्षेत्रमा भारत र चिनियाँ सेनाबीच यस्तै किसिमका घट्नाहरु घटे गरे पनि ढुङगा हानाहान भएको भने अहिलेसम्म सुनिएको थिएन्।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष