बिराटनगर विमानस्थल डुवानमा !

 
 

Biratnagar-Airport-1

भर्खरै नयाँ उडान भर्न थालेको श्री एयरलाइन्सको हवाइजहाज ।

बिराटनगर विमानस्थलमा डुबानको समस्यामा परेर थन्किएको छ ।बिराटनगर विमानस्थल यतिबेला जलाशयले भरिएको छ । झट्ट हेर्दा यस्तो लाग्छ, यो विमानस्थल नभएर पानीजहाज रोकिने बन्दरगाह हो ।डुबानका कारण यसरी विमानस्थल नै डुबेको सम्भवतः नेपालकै यो पहिलो घटना हो ।

दुई दिनयता बिराटनगर विमानस्थलको सम्पूर्ण सेवा ठप्प भएको छ । जहाजका पाङ्ग्राहरु डुबेको अवस्थामा देखिएको श्री एयरलाइन्सको यो विमानचाहिँ दुई दिनअघि परीक्षण उडानका क्रममा काठमाडौंबाट बिराटनगर पुगेको थियो ।बिराटनगरको विमानस्थल प्रवेश गर्ने प्रवेशद्वारदेखि नै पानी भरिएको छ । सवारी साधन लिएर वा पैदलरुपमा कोही पनि मानिस मुख्य सडक पार गरेर विमानस्थलसम्म पुग्न सक्ने स्थिति छैन ।

 सञ्चारकर्मीको एक टोली शनिबार विमानस्थलको अवलोकन गर्न निस्के पनि त्यहाँसम्म पुग्न नसकी वीचबाटै फर्कनुपरेको छ ।विमानस्थलको टर्मिनल भवन आसपास सुरक्षाकर्मीले पहरा दिने ब्यारेकसमेत डुकेको छ । डुबानका कारण विमान सेनामात्रै होइन, विमानस्थलको सुरक्षासमेत अस्तव्यस्त बन्न पुगेको छ ।एयरपोर्टमा देखिएको डुबानले यहाँको विमानस्थल कतिसम्म असुरक्षित छ भन्ने स्पष्ट पारेको छ । बाढी पीडितहरुको तत्काल उद्धार गर्नुपर्ने भएमा यो विमानस्थल प्रयोग गर्न नसकिने स्थिति आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र