बिराटनगर विमानस्थल डुवानमा !

 
 

Biratnagar-Airport-1

भर्खरै नयाँ उडान भर्न थालेको श्री एयरलाइन्सको हवाइजहाज ।

बिराटनगर विमानस्थलमा डुबानको समस्यामा परेर थन्किएको छ ।बिराटनगर विमानस्थल यतिबेला जलाशयले भरिएको छ । झट्ट हेर्दा यस्तो लाग्छ, यो विमानस्थल नभएर पानीजहाज रोकिने बन्दरगाह हो ।डुबानका कारण यसरी विमानस्थल नै डुबेको सम्भवतः नेपालकै यो पहिलो घटना हो ।

दुई दिनयता बिराटनगर विमानस्थलको सम्पूर्ण सेवा ठप्प भएको छ । जहाजका पाङ्ग्राहरु डुबेको अवस्थामा देखिएको श्री एयरलाइन्सको यो विमानचाहिँ दुई दिनअघि परीक्षण उडानका क्रममा काठमाडौंबाट बिराटनगर पुगेको थियो ।बिराटनगरको विमानस्थल प्रवेश गर्ने प्रवेशद्वारदेखि नै पानी भरिएको छ । सवारी साधन लिएर वा पैदलरुपमा कोही पनि मानिस मुख्य सडक पार गरेर विमानस्थलसम्म पुग्न सक्ने स्थिति छैन ।

 सञ्चारकर्मीको एक टोली शनिबार विमानस्थलको अवलोकन गर्न निस्के पनि त्यहाँसम्म पुग्न नसकी वीचबाटै फर्कनुपरेको छ ।विमानस्थलको टर्मिनल भवन आसपास सुरक्षाकर्मीले पहरा दिने ब्यारेकसमेत डुकेको छ । डुबानका कारण विमान सेनामात्रै होइन, विमानस्थलको सुरक्षासमेत अस्तव्यस्त बन्न पुगेको छ ।एयरपोर्टमा देखिएको डुबानले यहाँको विमानस्थल कतिसम्म असुरक्षित छ भन्ने स्पष्ट पारेको छ । बाढी पीडितहरुको तत्काल उद्धार गर्नुपर्ने भएमा यो विमानस्थल प्रयोग गर्न नसकिने स्थिति आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष