२५ साउन,चितवन – जिल्लाका चारवटा मालपोत कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा रु एक अर्ब ८८ करोड ४९ लाख ९६ हजार राजश्व संकलन गरेका छन् ।
भरतपुर, चनौली, माडी र खैरहनीस्थित मालपोत कार्यालयले ५४ हजार २१६ थान लिखत रजिष्ट्रेशन गरेका थिए । भरतपुर बाहेक गत माघ १६ गतेबाट चनौली, माडी र खैरहनीमा मालपोत कार्यालय स्थापना गरिएको थियो । गत आवमा मालपोत कार्यालय भरतपुरले रु एक अर्ब ६२ करोड ९६ लाख ५५ राजश्व संकलन गरेको थियो । सोही अवधिमा ४४ हजार ८०७ लिखत रजिष्ट्रेशन भएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो ।
मालपोत कार्यालय खैरहनीले गत आवमा रु १४ करोड ६८ लाख १८ हजार राजश्व संकलन गरेको थियो भने तीन हजार ७५८ लिखत रजिष्ट्रेशन भएको थियो । मालपोत कार्यालय चनौलीले गत आवमा चार हजार ६३४ लिखत रजिष्ट्रेशन गरेको थियो भने रु नौ करोड ५१ लाख पाँच हजार राजश्व संकलन गरेको थियो ।
मालपोत कार्यालय माडीले गत आवमा एक हजार १७ लिखत रजिष्ट्रेशन गरी रु एक करोड ३३ लाख ७३ हजार राजश्व संकलन गरेको थियो भने भरतपुरले गत आवमा रु एक अर्ब १८ करोड ३९ लाख २० हजार राजश्व संकलन गरेको थियो । कार्यालयले सोही अवधिमा ४३ हजार १५० लिखत रजिष्ट्रेशन गरेको थियो । बसाइँ सराइ गरी आउनेको संख्या वर्षेनी बढेका कारण घरजग्गा रजिष्ट्रेशनमा वृद्धि भएको हो । रासस
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि