२५ साउन,पर्सा – संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले जन्मको आधारमा नागरिकता पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट हालेका छन् । उनले वीरगञ्ज माहानगरपालिका, पर्सा जिल्ला प्रसाशन, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कायर्यालय र ब्यवस्थापिका संसदलाई विपक्षी बनाएका छन् ।

जन्मको आधारमा नागरिकता पाएका ब्यक्तिका छोराछोरीलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन इन्कार गरेकाले नागरिकताको अभावममा मताधिकार र सम्पतिलगायतबाट बञ्चित हुनुपरेकाले न्यायालय पुग्नुपरेको यादवले बताए । बंशज नागरिक आमा र जन्मसिद्ध नागरिक बुवाबाट जन्मेकी र नागरिकताबाट बञ्चित एक जना किशोरी स्विटी चौरसिया समेत रिट निवेदक छिन । रिटमा उत्प्रेषण र परमादेश माग गरिएको छ ।
संबिधानले र देशका अरु कानूनले दिएको नागरिकताको अधिकार र ब्यवस्था गरेको कानून सरकार आफैले पालना नगरेको निवेदकहरुको दावी छ । नेपालको संबिधानको धारा १० ले नेपालको कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गर्ने छैन भन्ने संबैधानिक ब्यवस्था गरेको छ ।
नेपाल नागरिकता सम्बन्धी ऐन २०६३ अनुसार बनेको नेपाल नागरिकता नियमावलीको दफा ३ ले १६ बर्ष उमेर पुगेका नागरिकले आमा वा बाबु वा नजिकको नातेदारको नागरिकता, जन्मदर्ता वा जन्म स्थान तथा समय खुल्ने सम्बन्धीत अधिकारीले गरिदिएको सिफारिस प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरेर नागरिकता लिन सक्ने प्रावधान तोकेको छ । रिटमा सर्वोच्च अदालतले साउन २७ शुक्रवार सुनुवाईको लागि पेसी तोकेको छ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र