अब उपत्यकामा सडकको क्षमता अनुसार रुट निर्धारण गरिने

२२ साउन, काठमाडौं । सरकारले उपत्यकाको यातायात व्यवस्थापन तथा सुधारका लागि सडकको आकार र क्षमताअनुसार गाडी चलाउने नीति कार्यान्वयनमा ल्याउने भएको छ ।Image result for kathmandu

काठमाडौं दिगो सहरी विकास आयोजनाले उपत्यकाको ट्रफिक व्यवस्थापनसम्बन्धी तयार पारेको प्रतिवेदनअनुसार सरकारले त्यस्तो नीति कार्यान्वयन गर्न लागेको हो । यातायात व्यवस्था विभाग, साना ठूला सवारी कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार आयोजनाले सो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।

प्रतिवेदनअनुसार यातायात व्यवस्था विभागले उपत्यकामा ६६ वटा रुट तोक्ने तयारी गरिरहेको जानकारी दिँदै उनले यो नीति कार्यान्वयनमा आइसकेपछि उपत्यकाका आठवटा सडक रुटमा ठूला, १६ वटा सडक रुटमा मझौला र ४२ वटा सडक रुटमा साना गाडीमात्रै गुड्न पाउने बताए । यो नीति कार्यान्वयन गर्न तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी उनले दिए ।
यो नीतिअनुसार एउटा रुटमा मात्र एक किसिमको सार्वजनिक यातायातका गाडी गुड्न पाउने उनले स्पष्ट पारे । अब गाडीको आकार तथा सडकको अवस्था हेरेर मात्र सवारीसाधनलाई रुट इजाजत दिने उनले स्पष्ट पारे । अहिले जस्तोसुकै सार्वजनिक यातायातलाई जुनसुकै रुटमा रुट इजाजत दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र