२१ साउन, हेटौंडा – हेटौंडाका उद्योगीहरुले उद्योग कलकारखाना संचालनका लागि आवश्यक बिजुलीको प्रबन्ध गर्न माग गरेका छन् ।
कुलेखानी जलविद्युत आयोजनाको अनुगमनका लागि गएका उर्जा मन्त्री महेन्द्रबहादुर शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उनीहरुले नियमित विद्युत आपूर्ती नहुँदा उद्योग चलाउन समस्या भएको गुनासो गरेका हुन् ।
उद्योग संघ हेटौंडाले गरेको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष नवराज अर्यालले बिजुलीको समस्याका कारण १ हजार मानिसले रोजगारी पाउन सक्ने २० वटा उद्योग तयारी अवस्थामा रहेपनि संचालन गर्न नसकिएको गुनासो गर्नुभयो । औद्योगिक क्षेत्रलाई राहत नदिइएको भन्दै उनले अहिले पनि दैनिक ३ घण्टा विद्युत जाने गरेको बताए ।
उर्जा मन्त्री शाहीले लोडसेडिङ मुक्त गर्ने गरी योजना बन्दै गरेको भन्दै जस्तो सुकै समस्या आएपनि आफू डटेर सामना गर्न तयार रहेको बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले औद्योगिक क्षेत्रमा लोडसेडिङ घटाउन पहल गर्ने बताए ।
‘पहिला १४ घण्टा लोडसेडिङ हुँदा पनि भएन, अहिले ३ घण्टामा झार्दा पनि भएन भन्नुहुन्छ, घिसिङले भने, यदि भारतबाट ल्याइएको महंगो बिजुलीको थप लागत उद्योगले व्यहोर्ने हो भने व्यवस्था मिलाउन सकिन्छ ।’ मन्त्री शाही सहितको टोलीले विहान कुलेखानी पहिलो दोस्रो र निर्माणाधीन तेस्रो जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेको थियो ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग