२१ साउन, हेटौंडा – हेटौंडाका उद्योगीहरुले उद्योग कलकारखाना संचालनका लागि आवश्यक बिजुलीको प्रबन्ध गर्न माग गरेका छन् ।
कुलेखानी जलविद्युत आयोजनाको अनुगमनका लागि गएका उर्जा मन्त्री महेन्द्रबहादुर शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उनीहरुले नियमित विद्युत आपूर्ती नहुँदा उद्योग चलाउन समस्या भएको गुनासो गरेका हुन् ।
उद्योग संघ हेटौंडाले गरेको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष नवराज अर्यालले बिजुलीको समस्याका कारण १ हजार मानिसले रोजगारी पाउन सक्ने २० वटा उद्योग तयारी अवस्थामा रहेपनि संचालन गर्न नसकिएको गुनासो गर्नुभयो । औद्योगिक क्षेत्रलाई राहत नदिइएको भन्दै उनले अहिले पनि दैनिक ३ घण्टा विद्युत जाने गरेको बताए ।
उर्जा मन्त्री शाहीले लोडसेडिङ मुक्त गर्ने गरी योजना बन्दै गरेको भन्दै जस्तो सुकै समस्या आएपनि आफू डटेर सामना गर्न तयार रहेको बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले औद्योगिक क्षेत्रमा लोडसेडिङ घटाउन पहल गर्ने बताए ।
‘पहिला १४ घण्टा लोडसेडिङ हुँदा पनि भएन, अहिले ३ घण्टामा झार्दा पनि भएन भन्नुहुन्छ, घिसिङले भने, यदि भारतबाट ल्याइएको महंगो बिजुलीको थप लागत उद्योगले व्यहोर्ने हो भने व्यवस्था मिलाउन सकिन्छ ।’ मन्त्री शाही सहितको टोलीले विहान कुलेखानी पहिलो दोस्रो र निर्माणाधीन तेस्रो जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेको थियो ।
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र