August 4, 2017

यी हुन च्यात्तिएको छालालाई निको पार्ने ५ घरेलु उपायहरू

एजेन्सी । च्यात्तिएको छालालाई निको पार्ने घरेलु उपायहरू :

१. चिनी

२ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्नुहोस्।
त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्नुहोस् र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्नुहोस्।
१० मिनेटपछि त्यसलाई पखाल्नुहोस्। यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जान्छ।

२ .आलु
आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ। यसमा भएको भिटामिन(ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ। त्यसैलेस आलुलाई काटेर मोटो चिरा बनाउनुहोस्। त्यसलाई दागमा दल्नुहोस्।
केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्नुहोस्।
दाग नहराउञ्जेल नियमित यो विधि अपनाउनुहोस्।

३. सुपारी
सुपारीमा प्रशस्त भिटामिन(ई पाइन्छ। यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ। त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस्।
ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस् र त्यसको बाक्लो पेस्ट बनाउनुहोस्।
त्यो पेस्टलाई शरीरको कुनै पनि अङ्गमा भएको घाउचोटको दाग, च्यात्तिको छालाको दाग, पोलेको घाउको दाग लगायत अन्य खतमा लेप्नुहोस्।
राति यसको लेप लगाएर विहान उठेर पखाल्नु उचित हुन्छ।
खत नहराउञ्जेलसम्म यो विधि अपनाउनुपर्दछ।

४. घिउकुमारी
घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो। यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सक्नुहुन्छ भने दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुहोस्। यसले रक्तचाप नियन्त्रण गर्नुको साथै अम्लपीत्त, पत्थरी, बाथ लगायत अन्य घातक रोगबाट छुट्कारा प्रदान गर्न सक्छ। त्यसलगायत च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउनुहोस् र १०र१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नुहोस्।

५. अण्डाको सेतो भाग
उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ। यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्धि हुन छाडेको कोषलाई सक्रिय बनाउँदछ र छाला पुर्रिँदै जान्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित