पहिरोमा पुरिएर एकै घरका ४ सहित ६ को मृत्यु

२० साउन, काठमाडौं – बागलुङका छुट्टा छुट्टै तीन ठाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । निसीखोला गाउँपालिकाको दुई ठाउँमा गएको पहिरोमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको हो ।

pahiro

ढोरपाटन नगरपालिकामा १ जनाको ज्यान गएको छ । निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा घर पुरिँदा बेपत्ता भएका एकै घरका ४ जनाको शव फेला परेको प्रहरी नायव निरीक्षक नारायण शर्माले जानकारी दिए । घटनामा ६८ बर्षीय मनिमान छन्त्याल, उनकी श्रीमती ६३ बर्षीया नन्दकली, बुहारी २२ बर्षकी बिन्दु र छोरी १८ बर्षीया गिताको मृत्यु भएको हो । घटनामा एकै घरका चार जनाको मृत्य ुभएपछि आफन्त र सिङ्गो बाहुनगाउँ शोकमा डुबेको छ ।

यस्तै पहिरोले घर पुर्दा साविकको अधिकारी चौर तथा हाल ढोरपाटन नगरपालिका–५ पाखापानीका अन्दाजी ५३–५४ बर्षका ओम प्रकाश कामी बिकको मृत्यु भएको छ । घरमाथिको कान्लोबाट पहिरो खस्न लाग्दा सर–सामान लिन घर भित्र पसेका बिकलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य ४ जना भने बाँच्न सफल भएका छन् । मृतक बिकका भाई ३६ बर्षीय गुञ्जमान बिक. र बुहारी ३४ बर्षीय गउमति बिकको सामान्य घाईते अवस्थामा सकुशल उद्धार गरिएको छ ।

यस्तै पहिरोमा परी बागलुङ्गकै साविकको देवीस्थान ५ हालको निसिखोला गाउँपालिका–१ हुल्दी सल्लाबोटकचा झोगेन्द्र बहादुर सिन्जालीकी श्रीमती बर्ष ७५ की खगिसरा सिन्जाली बेपत्ता भएकी छिन । उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । बिकट ठाउँ भएकाले उद्धारमा कठिनाई भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपि एवंम प्रहरी प्रवक्ता खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष