पहिरोमा पुरिएर एकै घरका ४ सहित ६ को मृत्यु

२० साउन, काठमाडौं – बागलुङका छुट्टा छुट्टै तीन ठाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । निसीखोला गाउँपालिकाको दुई ठाउँमा गएको पहिरोमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको हो ।

pahiro

ढोरपाटन नगरपालिकामा १ जनाको ज्यान गएको छ । निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा घर पुरिँदा बेपत्ता भएका एकै घरका ४ जनाको शव फेला परेको प्रहरी नायव निरीक्षक नारायण शर्माले जानकारी दिए । घटनामा ६८ बर्षीय मनिमान छन्त्याल, उनकी श्रीमती ६३ बर्षीया नन्दकली, बुहारी २२ बर्षकी बिन्दु र छोरी १८ बर्षीया गिताको मृत्यु भएको हो । घटनामा एकै घरका चार जनाको मृत्य ुभएपछि आफन्त र सिङ्गो बाहुनगाउँ शोकमा डुबेको छ ।

यस्तै पहिरोले घर पुर्दा साविकको अधिकारी चौर तथा हाल ढोरपाटन नगरपालिका–५ पाखापानीका अन्दाजी ५३–५४ बर्षका ओम प्रकाश कामी बिकको मृत्यु भएको छ । घरमाथिको कान्लोबाट पहिरो खस्न लाग्दा सर–सामान लिन घर भित्र पसेका बिकलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य ४ जना भने बाँच्न सफल भएका छन् । मृतक बिकका भाई ३६ बर्षीय गुञ्जमान बिक. र बुहारी ३४ बर्षीय गउमति बिकको सामान्य घाईते अवस्थामा सकुशल उद्धार गरिएको छ ।

यस्तै पहिरोमा परी बागलुङ्गकै साविकको देवीस्थान ५ हालको निसिखोला गाउँपालिका–१ हुल्दी सल्लाबोटकचा झोगेन्द्र बहादुर सिन्जालीकी श्रीमती बर्ष ७५ की खगिसरा सिन्जाली बेपत्ता भएकी छिन । उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । बिकट ठाउँ भएकाले उद्धारमा कठिनाई भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपि एवंम प्रहरी प्रवक्ता खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र