२० साउन, काठमाडौं – ब्राजिलियन फवार्ड नेयमारले आफू पैसाका लागि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नगएको दाबी गरेका छन् ।

बार्सिलोना छाडेर पीएसजी गएपछि पहिलो पटक पत्रकारहरुमाझ उपस्थित भएका नेयमारलाई एक पत्रकारले पैसाका लागि पीएसजी आएको हो भन्ने प्रश्न गरे ।
जवाफमा उनले भने, ‘म के भन्छु भने त्यसो भन्ने मानिसहरुलाई मेरो व्यक्तिगत जीवनबारे थाहा छैन । म कहिल्यै पनि पैसाबाट कहिल्यै प्रेरित भएको छैन ।’ आफ्नो लागी खुसी ठूलो भएको उनले बताए । आफूले पैसाका लागि पीएसजी गरेको ठन्दा दुःख लागेको भन्दै उनले भने, यदि मैले पैसालाई पछ्याएको भन्दै अरु देशको कुनै क्लबमा हुन्थेँ ।’
उनले आफू नयाँ चुनौतीको सामना गर्न पेरिस सेन्ट जर्मेन आएको र यो नै सही समय भएको बताए । बार्सिलोना छाड्ने निर्णय जीवनकै कठिन निर्णय भएको भन्दै उनले भने, ‘म क्लबलाई सम्मान गर्छु । तर, आफ्नो निर्णयबाट खुसी छु ।’ मेस्सीसँगै खेल्नका लागि आफू बार्सिलोना गएको भन्दै उनले भने, ‘म पीएसजीमा इतिहास लेख्न चाहन्छु ।’
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि
भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको