August 4, 2017

अब नेपालमा ७७ जिल्ला हुने, कानूनमन्त्री थापाले चाले चार कदम

hhकाठमाडौं,  साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्ने तयारी भैरहेको खुलासा गरेका छन् ।नवनियुक्त मन्त्री थापाले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् । उनले भने,“सबै दलहरुवीच सहमति हुने अवस्था छ, त्यसैले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नेगरि हामीले तयारी गरिरहेका छौं।”निर्वाचन क्षेत्र निर्धारण आयोग हालै गठन भएको छ । आयोगले काम गरिरहेको छ । तर मन्त्री थापाले नेपालको जिल्ला अब ७७ पुग्ने दाबी गरेका छन् ।
त्यस्तै उनले निर्वाचनको लागि चाहिने सबै ऐन तथा कानूनहरु अहिले निर्माण भैरहेको समेत जनाए । मन्त्री थापाले निर्वाचन आयोगलाई चाहिने सबै कानुन तथा ऐनहरु समयमै उपलब्ध गराउने समेत प्रतिबद्धता जनाए ।
मन्त्री थापाका अनुसार उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई चाहिने सेवा तथा सुविधा सम्बन्धी कानून समेत चाँडै उपलब्ध गराउने र मुलुकी ऐन २०१९ समेत संशोधन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन