काठमाडौं, १७ साउन– चीनका राष्ट्रपति सी जिङ्गपिङले मंगलबार भनेका छन् कि चीन आफ्नो सम्प्रभुता तथा सुरक्षाका लागि कहिल्यै पनि सम्झौता गर्ने छैन । साथै चिनियाँ सेना हरेक हमलालाई विफल पार्न सक्षम रहेको राष्ट्रपति सीको भनाइ छ ।
सीले २३ लाख जवान रहेको पिपुल्स लिबरेशन आर्मी (पीएलए) को ९० औं वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा भने, ‘हामी कुनै पनि व्यक्ति, संगठन या राजनीतिक दललाई चीनको कुनै पनि भागलाई कुनै पनि हालतमा अलग गर्न दिने छैनौं ।’
सीको यो टिप्पणी यस्तो समयमा आएको छ, जब चीन र भारतबीच सिक्किम सेक्टरमा गतिरोध चलिरहेको छ । सीले भने, ‘चिनियाँ जनता शान्तिप्रेमी छन् । हामी आक्रमता देखाउने तथा आफ्नो क्षेत्र बिस्तार गर्ने कार्य गर्दैनौं । तर हामीलाई के थाहा छ कि हामी जुनसुकै प्रकारका हमला
लाई विफल पार्न सक्छौं ।’ ग्रेट हल अफ पिपुल्समा आयोजित समारोहमा राष्ट्रपति सीले चीनले आफ्नो सम्प्रभुताका लागि कसैसँग पनि सम्झौता नगर्ने बताए ।
यसअघि ३० जुलाईमा आयोजित एक ठूलो सैनिक परेडमा सीले आफ्नो देशको सेनामा सबै हमलाकारी दुस्मनलाई हराउने योग्यता रहेको बताएका थिए । उनको त्यस्तो अभिव्यक्ति पछि भारतमा हंगामा मच्चिएको थियो । भारतीय मिडियाले चिनियाँ राष्ट्रपतिको अभिव्यक्तिलाई भारत लक्षित भनेर टिप्पणी गरिरहेका छन् ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त