१७ साउन, काठमाडौं – सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो ।
अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ । मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ ।
पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ । नयाँ दरअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १८ घाटा छ । त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ रुपैयाँ नाफा, हवाइ इन्धन (आन्तरिक) मा ९ रुपैयाँ १६ पैसा नाफा, र हवाइ इन्धन (बाहृय)मा २० रुपैयाँ २९ पैसा नाफा छ ।
हाल प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७४/७४ रुपैयाँ, हवाइ इन्धन (बाहृय) को मूल्य ८२, हवाइ इन्धन (बाहृय) को ७५ रुपैयाँ र ग्यासको प्रतिसिलिण्डर मूल्य ग्यास १ हजार ३ सय ५० रुपैयाँ छ ।
हाल निगमलाई पेट्रोलमा ५ दशमलव ९१ पैसा नाफा, डिजेलमा १ रुपैयाँ १८ पैसा घाटा, मट्टीतेलमा १७ रुपैयाँ नाफा, हवाइ इन्धन (आन्तरिक) मा ९ रुपैयाँ १६ पैसा नाफा, हवाइ इन्धन (बाहृय) मा २० रुपैयाँ २९ पैसा नाफा र ग्यासमा ९६ रुपैयाँ नाफा छ । निगमका अनुसार विगत १५ दिनमा पेट्रोलियमबाट ३३ करोड ८६ लाख रुपैयाँ नाफा भएको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग