August 1, 2017

कति केटी चाख्छौ कर्साब ?

 इलाम सदरमुकामस्थित कालीध्वज पल्टनमा दुई वर्षदेखि प्रकाशराज लामिछाने गणपति छन् । आफूलाई रथी बालानन्द शर्माको भाञ्जा र वर्तमान सेनापतिको मन पर्ने अफिसरका रूपमा चिनाउने गरेका छन् । गणपति भएदेखि नै पैसा कमाउन र तरुनी घुमाउनमा व्यस्त छन् । जवानको रासनपानी र पीरमर्कामा कुनै चासो छैन । श्रीमतीलाई पाउडर, सेम्पु, क्रिम, साबुन पल्टनकै रकमले खरिद गर्छन् ।

निजी फण्डबाट झापादेखि २१ बाहिनीपति सीताराम खड्कासहित तरुनी मिलाउने दलालहरुलाई फिक्कल बजार बोलाएर महिनामा एकपटक पार्टी गर्छन् । गणपति बंगला खर्च भन्दै बिल पेस गरी खल्ती भर्छन् र सुवेदार मेजरलाई हिसाब मिलाउन आदेश दिन्छन् । पल्टनमा जम्मा भएको पेट्रोल पनि इलामबजारको पेट्रोलपम्पबाट महिनैपिच्छे आफैँ भुक्तानी लिन्छन् । सिपाहीलाई नोकरसरी काम गराएर जंगीअड्डाले दिएको निर्माण रकम आधा आफैँ गोजी भर्छन् । चर्काे घाममा काम गर्ने सिपाहीलाई खाजा खुवाउनसमेत आनाकानी गर्छन् । पल्टनको निजी फण्डबाट सकल दर्जालाई खरिद गर्ने सामानमा कमिसन खान्छन् । रासन ठेकेदारबाट मासिक रुपमै पैसा असुल्छन् ।बिर्तामोडका व्यापारीहरूको च्यानलमार्फत हरेक महिनामा फरक–फरक केटीसँग फिक्कल बजारभन्दा उत्तरतर्फ पशुपतिनगर जाने चोकनजिकको होटलमा दिनभर रमाइलो गर्छन् । केटीहरूलाई जागिर लगाइदिने प्रलोभन देखाउँदै पल्टनमै पनि बोलाउँछन् । उनीहरूका अगाडि हामीलाई गाली गरेर बहादुरी देखाउँछन् । मोजमस्ती गर्ने दिन पल्टनबाट बिहान एक्लै निस्कन्छन्, बीच बाटोबाट केटीहरुलाई गाडीमा हाल्छन् र राति १० बजेतिर फर्कन्छन् ।

कर्णेल भए पनि पदीय मर्यादाको ख्याल गर्दैनन् । बर्दी लगाएर सेनाकै बद्नामी गर्दै हिँड्छन् । निजी फण्डबाट चियापत्ती र ढाका किनेर जंगीअड्डा पठाउँछन् । यस्ता कर्णेललाई गणपति भन्न पनि लाज लाग्ने भइसक्यो ।

– सकल दर्जा, कालीध्वज गण, इलाम

 

 News sourse: Jana Aastha weakly

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा