मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु ! मोबाइलमा धेरै समय ब्याट्री नटिकेर हैरानु हुनु भएकै होला ।धेरै जसो स्मार्टफोनको प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन । आजकल मोबाईलमा घडि, क्यामरा, रेडियो, एफएम, क्याल्कुलेटर लगायतका कामहरु हुन्छ । तपाईले चलाउनुभएको मोबाइलमा यी कुरा ध्यान दिनुभयो भने मोबाईलको ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ ।
१) रातभर चार्जिङ नगर्नुहोस
दिनभरी मोबाईल चलाइन्छ । ब्यस्त जिन्दगी भोली विहानै कतै दौडनु पर्ने हुनसक्छ । त्यसैले हामी धेरैले राती सुत्नेबेलामा मोबाईल चार्जमा राखेर सुत्छौ । रातभरी चार्जमा छाड्दिन्छौ । तपाईको यस्तो बानी छ भने आजैबाट छाड्दिनुहोस् । यसले ब्याट्री सबैभन्दा चाँडै बिगार्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ जसले गर्दा ब्याट्री नटिक्ने समस्या देखा पर्छ ।
२) मितब्यीतता हुनुहोस्
सकेसम्म मोबाइलमा छोटो कुराकानी गर्नुहोस् । यो तरिका तपाईको मोबाइलको ब्याट्रिको आयु स्वास्थ्यका लागि मात्र होइन तपाईको स्वास्थ्यलाई पनि लाभदायक हुन्छ । मोबाइलमा ब्याट्री कम छ र छिटै चार्ज गर्ने सम्भाबना छैन भने म्युजिक प्लेयर, क्यामरा, इन्टरनेट जस्ता अनावश्यक फिचर नचलाउने ।
फेसबुकको नोटिफिकेशन तथा अरु नोटिफिकेशन बन्द गर्दा पनि केही मात्रामा ब्याट्री बचत हुन्छ । व्याकग्राउण्डमा चलिरहेका अनावश्यक एप्सलाई हटाउदा वा बन्द गर्दा पनि ब्याट्री लामो समय सम्म टिक्छ । काम सकिएपछि वाइफाइ, ब्लुटुथ, थ्रि जी, जिपिआरएस लगायत एप्लिकेशन बन्द गर्ने ।
३) जिपिएस लगातार अन नगर्नुस
ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ । यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ ।
४) धेरै भाइब्रेसन मोडमा नराख्नुस
धेरै जसोले मोबाइल लाई साइलेन्समा राख्नका लागि भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ । भाइब्रेटरलाई अफ गर्दा र रिङको भोलुम सुन्न सकिने गरी सानो बनाउँदा पनि केही हदसम्म ब्याट्री जोगिन्छ । यदी फोन उठाउनु नपर्ने अवस्था जस्तो सुत्दा, मिटिङमा, गाडीमा रहँदा, फिल्म फोन अफ गर्न वा भाइब्रेटर अफ गरेर राख्नुहोस । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि हो ।
५) लाइभ वालपेपर बन्द गर्नुहोस्
तपाईले यदि आफ्नो मोबाइलमा लाइभ वालपेपर राख्नु भएको छ भने त्यसलाई बन्द गर्नुहोस् । लाइभ वालपेपर राम्रो त हुन्छ तर यसले पनि मोबाइलको धेरै ब्याट्री खान्छ । सकेसम्म कालो वालपेपर राखे राम्रो, किनकी यसले मोबाइलको कम पिक्सेल प्रयोग गर्ने भएकोले ब्याट्री पनि धेरै खर्च हुँदैन ।
६) पटक–पटक चार्जिङ नगर्नुहोस
हामी धेरैको मोबाईल लत भैसकेको छ । लोड्सेडिङको समस्या भनेको बेलामा चार्ज गर्न नपाइने होकी भन्ने चिन्ताले थोरै चार्ज कम हुने बित्तिकै चार्जमा हाल्छौ । यदि तपाईले पनि यस्तो गर्ने गर्नु भएको छ भने सावधान हुनुहोस् । पटक–पटक यस्तो गर्दा ब्याट्री बिग्रदै जान्छ र आयु कम हुन्छ ।
७) मोबाइलमा ब्राइटनेस कम गर्नुहोस
मोबाइलमा ब्राइटनेस कम गर्नुहोस र चाहिएको बेला मात्र बढाउनुहोस । यस्तै मोबाइलको डिस्प्ले ब्याकलाइटलाई कम समयको बनाउने जस्तै ५ देखि १० सेकेन्ड । यसले गर्दा मोबाइलको स्क्रिन नचलेका बेला आँफै चाँडै निभ्छ र ब्याट्री बचाउँछ ।
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक
काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता