२३ वर्षपछि यस्तो हुनेछ संसार, यस्तो हुनेछ जीवनशैली

एजेन्सी। प्रविधिको बढ्दो विकासले संसारभरका मानिसहरुको जीवनशैली फेरिँदै गएको छ । भविष्यको जीवनशैली कस्तो होला भन्ने कल्पना मात्र गर्न सकिन्छ । हालै बेलायत सरकारले २०४० सम्म पेट्रोल र डिजेलबाट चल्ने गाडीहरु विस्थापित गर्ने घोषणा गरेको छ । यस्ता परिकल्पनाका बीच अनुमान गर्न सकिन्छ २३ वर्षपछि अर्थात २०४० को जीवनशैली निकै फरक हुनेछ ।

बेलायतको प्रमुख अखबार ‘द सन’ ले युरोपका प्रमुख फ्युचरोलोजिस्ट रे हेमण्ड र एमिली फेयरब्रेनको सहयोगमा भविष्य अर्थात २०४० को संसारको परिकल्पना सार्वजनिक गरेको छ । यो अनुमान बेलायतको बारेमा हो । यहाँ २०४० मा महिलाका औसत १०० र पुरुषका २०० सेक्स पार्टनर हुनेछन् । अहिले बेलायतमा महिलाका औसत ९ र पुरुषका औसत १२ सेक्स पार्टनर छन् । १०मध्ये १ बेलायतीले मात्र बिहे गर्नेछन् । कैयौं मानिसहरु रोबोटसँग मायामा पर्नेछन् ।

२०४० सम्म ट्युब ट्रेनको स्पिड ११०० किलोमिटर प्रतिघण्टासम्म पुग्नेछ । सडकमा लगभग सबै कारहरु ड्राइभर बिनाका हुनेछन् । केही हवाइजहाजहरु बिजुली वा सेल्फ इनर्जीबाट चल्नेछन् । २०४० सम्म विश्वको आवादी ७ अर्बबाट बढेर ९ अर्ब हुने अनुमान गरिएको छ । यति धेरै जनसंख्याको लागि मासुको उत्पादन सम्भव हुने छैन किनकि पशु पालनको लागि ठाउँको अभाव हुनेछ । यसको समाधानको लागि प्रयोगशालामा कृत्रिम मासु बनाइनेछ । यो वनस्पतिका विभिन्न भागहरु प्रयोग गरेर बनायएको हुनेछ र स्वाद मासुको जस्तै हुनेछ ।

२०४० सम्म स्मार्टफोन निकै कम हुनेछन् । मानिसले सबै ग्याजेटहरु लगाउनेछन् । आँखामा लगाइएको कन्टेक्ट लेन्सको मद्दतले स्क्रिन हावामा तैरिनेछ । कुनै म्यासेज आएमा सिधै कानमा सुनिनेछ । यदि तपाइँले कुनै अञ्जान व्यक्तिलाई देख्नुभयो भने शरीरमा फिट गरिएको सेन्सरले उसको अनुहारको लक्षणहरु चिनेर उसको पूरा प्रोफाइल तपाइको अगाडि राखिदिनेछन् । कम्प्युटर समस्या समाधानको मामिलामा मानिसजस्तै हुनेछन् जसका कारण मानिसलाई जागिर खोसिने गम्भीर खतरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता