त्रिविको अनुसन्धानमा नयाँ सफलता:

काठमाडौँ – त्रिवि, जैविक प्रविधि केन्द्रीय विभागले ऊर्जा उत्पादन तथा खाद्य सुरक्षा कायम गर्न विभिन्न पेय पदार्थको उत्पादन र औषधिको विकास गरेको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका प्रमुख कृष्णदास मानन्धरले लामो समयको अध्ययन तथा अनुसन्धानपछि कार्बन डाइअक्साइड ग्यासबाट ऊर्जा र प्रांगरिक मल तथा मदिरा र वियरको उत्पादन गरिएको जानकारी दिए । यसैगरी जीवाणुलाई नष्ट गर्न सक्ने औषधिको विकास गरिएको जानकारी दिँदै उनले यसलाई औद्योगिकीकरण गर्न सकेमा मुलुकलाई ठूलो उपलब्धि हासिल हुने बताए । 

वरिष्ठ वैज्ञानिक डा प्रमोद अर्यालको समूहले गाई, वस्तु तथा कुखुरालाई खुवाइने दानाका साथै कार्बनबाट इथानल (गाडीमा राख्न मिल्ने इन्धन) को आविष्कार भइसकेको बताउँदै यस क्षेत्रको थप विकासका लागि सरकारले केही लगानी गर्नुपर्नेमा जोड दिए । उनले युरिया, पोटास, डिएपीलगायत रासायनिक मलको विकल्पमा प्राङ्गरिक मलको उत्पादनलाई औद्योगीकीकरण गरी आयात प्रतिस्थापन गर्न सकेमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विचार व्यक्त गरे । 
अर्याल लामो समय संयुक्त राज्य अमेरिकमा बसेर अनुसन्धान गरी नेपालमा यस किसिमको विकासमा क्रियाशील हुन् । प्रा डा गंगा खरेलसहितको समूहले यस्तो अनुसन्धानमा सफलता प्राप्त भएको जनाइएको छ । त्यसैगरी स्वदेशका विभिन्न जडीबुटीबाट कालाजार, डेँगु र जिका भाइरसलाई नष्ट गर्न सक्ने औषधि पनि विकास गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष