काठमाडौं, ११ साउन– नेपाल राष्ट्र बैंकले प्रचलनमा रहेको कर्मचारीको ३० बर्षे सेवा अवधिको प्रावधान हटाउन गृहकार्य गरिरहेको विषयलाई लिएर विवाद भएको छ । राष्ट्र बैंक सञ्चालक समिति सदस्य रामजी रेग्मी नेतृत्वको जनशक्ति योजना सम्बन्धि सुझाव दिन गठित समितिले हाल प्रचलनमा रहेको कर्मचारीको सेवा अवधिको अवधि हटाउने विषयमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।
नेपाली कांग्रेस समर्थित नेपाल वित्तीय संस्था कर्मचारी संघ र नेकपा एमाले समर्थित नेपाल राष्ट्र बैंक कर्मचारी संघले कर्मचारीको वृत्ति विकासमा अवरोध पुग्ने कुनै पनि प्रावधान स्वीकार्य नहुने चेतावनी दिएका छन् । वित्तीय संस्था कर्मचारी संघले जनशक्ति विकास योजना निर्माण उच्चस्तरीय समितिलाई पत्राचार गर्दै राष्ट्र बैंकमा कायम ३० बर्षे सेवा अवधिको प्रावधान नचलाउन माग गरेको छ ।
नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको विनियम (१११) मा ३० वर्षे सेवा अवाधिको प्रावधान राखिएको छ । हाल आएर उक्त सेवा अवधिलाई घटाएर २८ वर्षे सेवा अवधि कायम गर्ने विषयमा छलफल भइरहेको छ ।
वित्तीय संस्था कर्मचारी संघले उक्त व्यवस्था नचलाउन अनुरोध गर्दै आएकोमा समितिका अधिकांश सदस्यले संशोधन गरेरै छाड्ने अडान लिएका छन् ।
आफूहरुलाई उक्त संशोधन मान्य नहुने र सहमति विना एकपक्षीय ढंगले समितिले सञ्चालक समितिलाई प्रतिवेदन बुझाए आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग