१० साउन,चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एउटा गर्भिणी रहेको गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको दुधौरा पोष्ट र दुमरी पोष्टको बिच राप्ती नदीको किनारमा गएको शुाक्रबार गैंडा भेटिएको निकुञ्जले जनाएको छ ।

चितवन राष्टिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बच्चा जन्माउन नसकेर गैंडा मरेको बताउनुभयो । झण्डै ५ वर्षको गैंडाको पोष्टमार्टम पछि भाले बच्चा निकालिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्ष विभिन्न कारणले २५ वटा गैंडा मरेका छन् । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार २१ वटा गैंडा प्राकृतिक कारणले मरेको भएपनि चारवटा गैंडा भने मानवय कारणले मरेको हो ।
अघिल्लो बर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैंडा मध्य एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेको छ । एउटा गैंडा भने रौतहटमा गोली लागि उपचारका लागि चितवन ल्याईएकोमा पछि मरेको हो । चितवनमा सन २०१५ को गणना अनुसार ६०५ वटा एक सिंगे गैंडा रहेकाछन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष