राष्ट्र बैंकको योजना : कर्जाको व्याजदर १२ प्रतिशत बढ्न नदिने

१० साउन, काठमाडौं । कर्जाको व्याजदरमा भइरहेको वृद्धिको चौतर्फी विरोध हुन थालेपछि राष्ट्र बैंकले यसको सुधारको लागि तीन विकल्पमा जान सोच बनाएको छ ।

Nrb-810

‘९ देखि १२ प्रतिशतमा कर्जाको व्याज दर सिमित पार्न राष्ट्र बैंकले प्रत्यक्षभन्दा पनि अप्रत्यक्ष पहलहर गर्न लागेको हो,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने । व्याज दरको चक्र छोट्याउने, स्प्रेडदर घटाउने र उपयोगको अवस्था नखुल्ने शीर्षकका कर्जाहरुमा कडाई गर्ने सोचमा राष्ट्र बैंक रहेको हो ।

व्याजदरको चक्र कसरी घट्छ ?

राष्ट्र बैंकले व्याजदर बढ्न नदिन तरलता व्यवस्थापनलाई अस्त्रको रुपमा प्रयोग गर्ने भएको छ । ‘यस अन्तरगत पुनरकर्जा जारी पनि एउटा हो, यसबाट ग्राहकले उत्पादनशील क्षेत्रका कर्जामा ९ प्रतिशतसम्म व्याज व्यहोरे पुग्नेछ,’ थापाले भने ।

आयात गर्न प्रयोग हुने कर्जालाई अलग्याएर हेर्ने हो भने यो कर्जा जलविद्युत्, पर्यटन, कृषि , निर्यात, साना तथा मझौला उद्योग, औषधी उत्पादनजस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न चहानेलाई पर्याप्त हुने थापा बताउछन् ।

जलविद्युत् क्षेत्र अन्तरगत कुनै एउटा आयोजनामा जाने सबै कर्जा एकै वर्ष जारी नहुने भएकोले पनि यसले पयाप्त हुने उनले तर्क गरेका हुन् । राष्ट्र बैंकले यसवर्ष पुनरकर्जाको लागि २० अर्ब रुपैयाँ छुट्याएको छ । यो रकम कम भएमा सरकारसँग थप पुँजी माग्ने सोचमा पनि राष्ट्र बैंक छ ।

चालु आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाले साधारण पुनर कर्जामा ग्राहकसँग ९ प्रतिशत र विशेष पुनरकर्जामा ४.५ प्रतिशतभन्दा बढि लिन नपाउने व्यवस्था गरेको छ । यसअघि साधारण पुनरकर्जा अन्तरगत साना तथा मझौला कर्जामा बैंकहरुले १० प्रतिशतसम्म व्याज लिन सक्ने व्यवस्था रहेको थियो ।

स्प्रेड दर

राष्ट्र बैंकले निक्षेप र कर्जाको व्याज दर बीचको अन्तर (स्प्रेड दर) घटाउने तयारी गरिरहेको छ । चालु आवको लागि सार्वजनिक गरिएको मौद्रिक नीतिमा स्प्रेड दर घटेर आउने अपेक्षा गरिउको भएपनि राष्ट्र बैंकले यो ल्याएको थिएन । तर, राष्ट्र बैंकले यसमा भने सोच बनाइरहेको छ ।

‘सबै नियम एकै चोटी ल्याउन पनि मिल्दैन्, तर कर्जा र निक्षेपबीच हाल कायम गर्न दिइएको स्प्रेड दर भने कम गर्नै पर्ने अवस्था छ,’ थापाले स्पष्ट पारे ।

हाल स्प्रेड दर ५ प्रतिशत तोकिएको छ । यो दर घटाइमा निक्षेपको व्याज दर बढि कायम गरेर कर्जाको व्याजदर बढाउन सकिनेछ । तर, यसले पुँजी लागत र पुँजी प्रतिफलमा धेरै फरक नहुने भएकोले बैंकहरुले यसरी व्याजदर बढाउने सम्भावना कम रहन्छ ।

ओभर ड्राफ्ट लोनमा कडाई

राष्ट्र बैंकले उपयोगको अवस्था नखुल्ने शीर्षकको रुपमा ओभर ड्राफ्ट कर्जालाई लिएको छ । अनुत्पादक मुलक भनेर पछिल्लो समय कित्ताकाँट नै गरेको यो शीर्षक अन्तरगत जुन प्रयोजनको लागि कर्जा लिइएको हो, त्यो खुलाउनै पर्ने व्यवस्था गर्ने तयारीमा समेत राष्ट्र बैंक रहेको हो ।

‘यो शीर्षक अन्तरगत लिइएको कर्जा के को लागि लिइएको हो, घर किन्न, सेयर किन्न, कृषिको जग्गा किन्न के हो त्यो खुलाउनै पर्नेछ,’ थापाले स्पष्ट पारे । बैंकबाट पाइआएको कर्जा सीमा बढाउन पाउने सुविधा नै ओभरड्राफ्ट कर्जा हो । ओभर ड्राफ्ट शीर्षककाे कर्जा  लिएर सेयर, जग्गामा समेत लगानी भइरहेकाे पाएपछि  राष्ट्र बैंकले याे कर्जालाई अनुत्पादक कर्जाको रुपमा समेत लिन थोलेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि