
भक्तपुर ८ ,श्रावण, सुर्यविनायक नगरपालिका.२ स्थित बालकोटमा मेरीगोल्ड स्कूल कुनै समय भक्तपुर जिल्लाकै नाम चलेको बोर्डीङ स्कुल हो तर यो स्कुलको भित्रि रहस्य थाहा पाईयो भने अचम्म लाग्छ की कसरी र कुन हदसम्म स्कुलहरुले विद्मार्थी र अभिभावकहरुलाई तनाव दिन्छन् । प्रसङ्ग जोडौं यो स्कुलको फी भक्तपुर जिल्लाको अरु बोर्डीङ स्कुल तुलनामा सवैभन्दा महंगो छ तर यस स्कुलमा पढाउँने शिक्षकहरु कस्ता छन् भन्दा सवैभन्दा सस्ता, अन्य स्कुलमा नविगेका, नातावाद र कृपावादवाट आशिृवाद पाएका जसले कक्षामा विद्मार्थीहरुले पाठ्यक्रममा नै सिमित रहेर पश्न गर्दा चित्त वुभ्mदो जबाफ दिन सक्देैनन् उल्टो प्रश्नकर्तालाई विविध बहानामा कक्षामा पेल्ने र मानसिक तनाव पैदा गर्ने गर्छन् । यो पीडा विशेष गरी कक्षा ७, ८, ९ र १० कक्षामा अध्ययनरत बालवालिकाहरुले पाएका छन् । अझ कक्षा १० मा पढ्ने वालवालिकाहरुले त हदैसम्मको पिडा पाएको गनासो व्यक्त गरे, उनिहरुको अनुसार अप्सनल म्याथ र साइन्स विषय पढाएको फिटिक्कै वुझिएन र कोअर्डीनेटरलाई कम्ल्पेन गर्दा ट्यूसन पढ्न भन्ने गरेको एक विद्माथीले बताए । ट्युसन कहाँ पढ्ने भनेर सोध्दा पहिला यहि स्कुलमा पढाउने धामी सरले पढाउनु हुन्छ, श्रावण ८ गतेवाट ट्युसन कक्षा शुरु हुने र सवैले अनिवार्य पढ्नुपर्ने भनेर कोअर्डीनेटर गगन सिं विष्टले दवाव दिएको बताए । उनले पहिला पनि रु २५० पर्ने एस.इ.इ. को किताव बाहिरवाट ल्याएर रु ४५० मा जर्वजस्त किन्न बाध्य पारेका गुनासो विद्मार्थीहरुले गरे । स्मरण रहोस यस स्कुलले हरेक वर्ष अत्याधिक भर्ना फी लिने, हाल कक्षा ९ र १० मा अध्यनरत वाललालिकाहरुलाई कम्प्यूटर विषय नपढाईकन पढाएको भनेर चर्को शुल्क लिने गरेको प्रमाण पाइएको छ । पहिला यस स्कुलमा पढाएको, राम्रो रिजल्ट निकाल्न सफल भएका केहि शिक्षकहरुलाई हामीले सोध्दा अभिभावकबाट चर्को शुल्क लिने तर हाम्रो योग्यता र क्षमतानुसार पारिश्रमिक नदिएको कारण हामीले स्कूल छोडी अन्यत्रै काम गरेको बताए । यसरी के बुझिन्छ भने चर्को शुल्क लिने अनि ट्यूशन पढ्न जाउ भन्ने त्यो पनि स्कूले नै ट्यूशन कक्षा संचालन गर्ने, यस्ता स्कुललाई सम्बन्धित सरकारी निकाय, अभिभावक र विधार्थी संगठनले उचित कावाही गर्न ध्यान जाओस ।
जानकारीकोलागी– मेरीगोल्ड अपरेशन …क्रमश आउदैछ पढ्नुहोला ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले