६ साउन, काठमाडौं । १९ वर्ष मुनीको आइसीसी विश्वकप क्रिकेट छनौटमा नेपालले सिंगापुरविरुद्ध २२ रनको कठिन जित दर्ता गरेको छ । पहिलो खेलमा सजिलै ४ विकेटले हराएको घरेलु टोलीलाई आज हराउन नेपाललाई निकै हम्मे पर्यो ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६ दशमलब ५ ओभरमा १ सय ४६ रनमा अलआउट भयो । नेपालका कप्तान सन्दिप लामिछानेले ४ विकेट लिए भने पवन सर्राफ र किशोर महतोले दुई दुई र दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल पनि ४६ दशमलब ५ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए भने सन्दिप सुनारले २६ र प्रकाश केसीले २३ रनको योगदान गरे ।
डबल राउण्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा नेपाल हिजो अफगानिस्तानसँग भने १ सय ४१ रनले पराजित भएको थियो ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा