६ साउन, काठमाडौं । १९ वर्ष मुनीको आइसीसी विश्वकप क्रिकेट छनौटमा नेपालले सिंगापुरविरुद्ध २२ रनको कठिन जित दर्ता गरेको छ । पहिलो खेलमा सजिलै ४ विकेटले हराएको घरेलु टोलीलाई आज हराउन नेपाललाई निकै हम्मे पर्यो ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६ दशमलब ५ ओभरमा १ सय ४६ रनमा अलआउट भयो । नेपालका कप्तान सन्दिप लामिछानेले ४ विकेट लिए भने पवन सर्राफ र किशोर महतोले दुई दुई र दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल पनि ४६ दशमलब ५ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए भने सन्दिप सुनारले २६ र प्रकाश केसीले २३ रनको योगदान गरे ।
डबल राउण्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा नेपाल हिजो अफगानिस्तानसँग भने १ सय ४१ रनले पराजित भएको थियो ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि
भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको