विश्वका पाँच चर्चित कम्पनीको चकित पारिदिने कमाई !

के तपाईंलाई थाहा छ, संसारका ठूला कम्पनीले १ सेकेन्डमा कति कमाई गर्दछन् ? आज हामी तपाईंलाई फेसबुक, गुगललगायतका पाँच कम्पनीले हरेक सेकेन्ड कति कमाई गर्छन् भन्ने बारे जानकारी दिँदैछौं ।

apple-iphone-7-gallery-img-3

 फेसबुकः

संसारभरी फेसबुकका दुई अर्बभन्दा बढि प्रयोगतकर्ता छन् । फेसबुक एउटा सानो कोठाबाट सुरु भएको स्टार्टअप थियो जसले आज अरबौंको कमाई गरिरहेको छ । फेसबुकको प्रतिसेकेन्ड कमाई ८१ डलर हो अर्थात् ८ हजार रुपैयाँ भन्दा बढिको कमाई गर्दछ ।

 गूगलः

यो सूचीको चौथो स्थानमा गूगल छ । संसारको सबैभन्दा ठूलो सर्च इन्जिन गूगलको कमाई ६ सय ५८ डलर अर्थात् ६७ हजार रुपैयाँभन्दा बढि रहेको छ ।

 माइक्रोसफ्टः

सूचीको तेस्रो स्थानमा अमेरिकाको कम्पनी माइक्रोसफ्ट रहेको छ । माइक्रोसफ्ट संसारभरी आफ्नो अपरेटिङ सिस्टम सप्लाई गर्दछ । माइक्रोसफ्टको प्रति सेकेन्ड कमाई १ हजार १ सय ७० डलर हो अर्थात् १ लाख २० हजार नेपाली रुपैयाँ ।

 सामसङः

शीर्ष पाँचको सूचीमा एक मात्र गैर अमेरिकी कम्पनी रहेको छ – सामसङ । दक्षिण कोरियाली यो कम्पनी मोबाइल फोन, होम अप्लाइन्स, फ्रिज, वासिङ मेसिन आदि बनाउनुका साथै डिफेन्स सेक्टरका लागि पनि काम गर्दछ । केही समय अघि सामसङले भारतको टाटासँग तोप बनाउने सम्झौता गरेको छ । सामसङको प्रति सेकेन्डको कमाई १ हजार ६ सय ४० डलर रहेको छ जुन नेपाली रुपैयाँ १ लाख ६९ हजार रहेको छ ।

 एप्पलः

सूचीको पहिलो स्थानमा अमेरिकाको चर्चित कम्पनी एप्पल रहेको छ । एप्पल संसारभरी आइफोन र म्याक अपरेटिङ सिस्टम सप्लाई गर्दछ । यो कम्पनीको उत्पादन आफैंमा निकै विशेष हुने गर्दछ । कम्पनीको प्रति सेकेन्ड कमाई १ हजार ९ सय ९७ डलर रहेको छ जुन २ लाख रुपैयाँ बढि ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता