तनहुँको व्यास गुफामा धुप बाल्दा आफै बज्छ भजन !

५ साउन,तनहुँ – तनहुँको प्रसिद्ध धार्मिकस्थल पञ्चमन्दिर परिसरमा रहेको व्यास गुफामा भक्तजनले धुप बाल्दा आफै भजन बज्ने भएको छ । व्यास नगरपालिका वडानम्बर ४ का युवा बैज्ञानिक बिकल्प ढुंगानाले धुप बाल्दा भजन बज्ने मेसिन गुफामा जडान गरेपछि यो सुविधा पुगेको हो ।

fb_img_1500541184821_HCfY6hMeoi

अगरबत्ती बालेपछि स्वत भजनको धुन बज्न सुरु हुन्छ । ‘ केही गरौ भन्ने लागिरहेको थियो, आफ्नै ठाउँमा उपयोगी काम गरौ भन्ने सोचेर यो प्रयोग गरेको हु’ उनले भने । विकास गरेको प्रबिधिमा अगरबत्ती बालेपछी त्यसको कार्बनडाइ अक्साइडबाट स्वचालित भजन बज्छ यसले गर्दा धार्मिक स्थलहरुमा छुट्टै आकर्षक देखिने उनले बताए । यसअघि युवा बैज्ञानिक ढुंगानाले सोलरबाट चल्ने मोटरसाइकल, हेल्मेट नलगाई र मापसे गरि मोटरसाइकल चलाए स्टार्ट बन्द हुने प्रबिधी भित्र्याएका थिए । सो प्रबिधी ल्याएर लोकप्रिय बनेका बिकल्पले अर्को नयाँ प्रबिधी ल्याएका हुन् । 

युवा बैज्ञानिक ढुंगानाले आफुले विभिन्न प्रबिधीहरु भित्र्याएर नयाँ र रचनात्मक काम गर्न खोजे पनि सबैको साथ र सहयोग नपाएको गुनासो गरेका छन् । काम गरे पनि राज्यको सहयोग नपाएको उनको भनाइ थियो । ४ बेद र १८ पुराणका रचयिता महर्शी वेदव्यास लाई विश्वभर चिनाउने उदेश्य अनुरुप आफै भजन बज्ने प्रविधिको विकास गरेको उनले बताए । उनी २०७२ मा तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलि बाट युवा प्रतिभा पुरस्कार बाट सम्मानित भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि