श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर पढ्ने ? भन्ने पिर परेको छ । एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१०, जिमुवाका १७ वर्षीय ललित सार्की यति बेला खान बस्ने व्यवस्थाका लागि मनकारीसँग हारगुहार मागिरहनु भएको छ ।

ललित सार्कीको नाम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा डाक्टर पढ्ने सूचिमा नाम आएको छ । अध्ययन गर्दासम्म खान बस्ने व्यवस्था मिलाई दिन ललित सार्की भीमत्तद नगरपालिका पुगे पनि उहाँ रित्तो हात फर्किनु भएको छ । नगरपालिकामा कार्यविधि नभएको भन्दै तत्काल सहयोग गर्न नसकिने बताएपछि घर फर्किएको ललित सार्कीले पीडा सुनाउनुभयो ।

पढाइमा अब्बल रहेका ललित सार्कीले सिद्धनाथ माध्यमिक विद्यालयबाट विसं.२०७८ सालमा एसइई पास गर्नु भएको हो ।  एसइईमा ३.८५ जिपिए ल्याएपछि ललितको विज्ञान पढ्ने धोको थियो तर, घरको आर्थिक अवस्था नाजुक थियो । मजदुरका छोराले सामुदायिक विद्यालयबाट राम्रो जिपिए ल्याएको थाहा पाएपछि  स्थानीय रेडियन्ट बोर्डिङ स्कुलले ललितलाई छात्रवृत्तिमा विज्ञान विषय पढ्ने मौका दियो । विसं.२०८० मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेपछि भर्खरै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरले पूर्ण छात्रवृत्तिका लागि सूचना जारी गर्दा ललित सार्कीले खुलाबाट १२६८ नम्बरमा नाम निकाल्नु भएको छ ।

पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउने भए पनि गाँसबासका लागि समस्या परेको ललितले बताउनुभयो । उहाँले नगरपालिकाले कक्षा १२ सम्म सरकारी विद्यालय पढेकालाई मात्र सहयोग गर्ने कार्यविधि रहेको बताएपछि सहयोग पाउन नसकेको बताउनुभयो । कार्यविधि परिवर्तन गरेर अर्को वर्ष सहयोग दिने आश्वासन मिलेको उहाँले बताउनुभयो ।

गरिबीका कारण पहाडी जिल्ला डडेलधुराको रुपालबाट तराई झरेको ललितको परिवार सामान्य कच्ची घरमा बसेर ज्याला मजदुरी गरेर छाक टार्दै आएको छ । ललितका आमा बुवा अर्काको खेतबारीमा काम गर्नुहुन्छ । बुवा आमाको मेहनतले खान लगाउन नपुगेपछि ललितका दाइ भारतमा ज्याला मजदुरी गर्न जानु भएको छ ।

गरिबी र अभाव झेल्दै विज्ञान विषय पढेर अहिले छात्रवृत्तिमा डाक्टर पढ्ने अवसर पाएकोमा ललितले असाध्यै सुखी लागेको बताउनुभयो । खाना र बासको व्यवस्था गरिदिने मनकारी भेटिनेमा ललितले आसा व्यक्त गर्नुभयो । केही मनकारीले सहयोग गर्ने वचन दिएका कारण डाक्टर पढ्ने धोको पूरा हुने उहाँले बताउनुभयो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले नगरपालिकाको कार्यविधि परिवर्तन गरेर भए पनि ललित सार्की जस्ता प्रतिभावान् विद्यार्थीलाई सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“ कार्यविधिका कारण अहिले नै सहयोग गर्न त सक्दैनौँ । अस्तिको नगर सभाबाट कार्यविधि परिवर्तन गर्न बिर्सियौँ । अब अर्को नगर सभाबाट कक्षा १२ सम्म निजी विद्यालय पढेका गरिब तथा तथा जेहेन्दार विद्यार्थीलाई डाक्टर, इन्जिनियर र पाइलट पढाउने सहयोग गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

सुरक्षा चुनौती सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : प्रहरी महानिरीक्षक खापुङ

काठमाडौँ, असोज ३१ गते। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले हालको चुनौतीपूर्ण परिस्थितिमा पनि