नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि अधिकतम जरिमाना हुनुपर्ने व्याखा गरेको छ ।गौरव सप्लार्यसले जानाजान कर छलेको र त्यसमा बदनियत रहेको निष्कर्षसहित सर्वोच्च अदालतले उसलाई कठोरताका साथ सजाय गर्नुपर्ने व्याखा गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय विश्वप्रसाद श्रेष्ठ र हरिप्रसाद फुुँयालको संयुक्त इजलासले नक्कली भ्याट बिल पेस गरेर राजस्व छल्नेहरुबाट सतप्रतिशत जरिमाना असुल गर्ने बाटो खोल्ने फैसला गरेको हो । श्रेष्ठ र फुँयालको इजलासले नक्कली भ्याट बिल प्रकरणमा मुछिएका गौरव सप्लायर्सलाई ८९ लाख २७ हजार गर्ने कर कार्यालयको निर्णय सदर गरेको हो ।

केही समयअघि सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा सर्वोच्चले राजस्व छल्नेमाथि कारबाही गर्ने कानुनी निर्माण भएको र सो कानुनअनुसार सजाय गर्न सक्ने र सो कानुनअनुसार सजाय गर्न सक्ने भनेको हो । सर्वोच्चको यो फैसलापछि अब नक्कली भ्याट बिलमार्फत राजस्व छलेको पुष्टि भएका व्यापारी र व्यापारिक फर्मलाई सतप्रतिशत जरिमाना भराउन आन्तरिक राजस्व कार्यालयको कानुनी बाटो खुलेको छ ।

२०७९ साल कात्तिक २८ मा भएको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो । झुटा मूल्य अभिवृद्धि करको मुद्दामा झुटा भन्ने देखिएमा सतप्रतिशत जरिमाना गर्न सक्ने भनिएको छ । करदाताले जानिजानि झुटा बिजक तयारपारी पेस गर्न, कर राजस्व संकलनमा राज्यलाई नोक्सानी पु¥याउने र आफूले करकट्टी सुविधा लिनेजस्ता कृत्यलाई निरुत्साहित गर्न सो कानुनी व्यवस्थाबमोजिम करदातालाई सजाय गरिनु न्यायको दुष्टिकोणबाट वाञ्छनीय हुन्छ, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘सोहीबमोजिम सजाय नगर्ने हो भने सो कानुनी व्यवस्था आलंकारिक स्वरुपमा सीमित रहने हुन्छ ।’

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २९ (२) (क) बमोजिम बिगोको २५ प्रतिशत मात्र जरिमाना हुने भनी सजाय घटाई भएको राजस्व न्यायधीकरण काठमाडौंको फैसला पनि सर्वोच्चले बदर गरेको छ । सुरु कार्यालय र विभागबाट भएको अन्तिम कर निर्धारणसम्बन्धी निर्णय मिलेकै देखिएको भन्दै कर छली गरेको पाइएमा सजाय गर्दै सतप्रतिशत जरिमाना गर्न सकिने पूर्णपाठमा उल्लेख छ ।

नक्कली भ्याट बिल

सर्वोच्च अदालतले सो कम्पनीलाई २५ प्रतिशत माात्रै जरिमाना गर्नुपर्ने भनी राजस्व न्यायाधीकरणले गरेको निर्णयलाई कानुनविपरीत भनी उल्ट्याइदिएको छ । न्यायाधीकरणका तत्कालीन अध्यक्ष कुमार चुडालसहित सदस्यहरु भोलाप्रसाद खकुरेल र विश्वराज पाण्डेको इजलासले ९ चैत २०७१ मा सो कम्पनीलाई २५ प्रतिशत मात्रै जरिमाना हुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ हुम्लाको हिमपात

 मंसिर  १८ हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर

फेदीखोला गाउँपालिका सम्मानित

 मङसिर १२,स्याङ्जा। अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आवद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ ।

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको