चूडामणिविरुद्धको भ्रष्टाचार मुद्दा यथास्थितिमा राख्न सर्वोच्चको आदेश

 
 

 
४ साउन, काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचारको मुद्दा अघि नबढाउन अन्तरिम आदेश दिएको छ । साथै मुद्दालाई पूर्ण इजलासमा पठाएको छ ।

शर्मा पक्राउ परेपछि उनकी पत्नी कल्पना उप्रेती शर्माले बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । सर्वोच्चले उनलाई अदालतमा हाजिर गराउन आदेश दिएलगत्तै अख्तियारले विशेष अदालतमा १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा दायर गर्‍यो ।तर, बुधबार न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले पूर्ण इजलासबाट मुद्दाको टुंगो नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको छ ।सर्वोच्चका प्रवक्ता महेद्रनाथ उपाध्यायले भने, ‘आदेशको पूर्ण पाठ आएको छैन भने पूर्ण इजलासबाट अर्को आदेश नहुँदासम्म विशेषमा रहेको मुद्दा यथास्थितिमा राख्नु भनिएको छ ।’इजलासले कर फर्छ्यौट आयोग न्यायिक, अर्धन्यायिक वा प्रशासनिक कुन निकाय हो भन्नेमा गम्भीर कानुनी प्रश्न उठेको भन्दै पूर्ण इजलासबाटै निरोपण गनुपर्ने देखिएको ठहर गरेको छ ।

कल्पनाले आफ्नो श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै थुनामुक्त गर्न माग गरेकी थिइन् । साथै भ्रष्टाचार मुद्दा चलाउन नपाइने उनको दाबी थियो ।Chudamani-Sharma

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा