काठमाडौं महानगरमा तिलगंगादेखि कलंकीसम्म स्कोई रेल

 ३ साउन, काठमाडौं । साइमेक्स इंक कम्पनीले काठमाडौंमा स्काई रेलको सञ्चालन गर्न सकिने निष्कर्षसहितको रिपोर्ट काठमाडौं महानगरपालिकालाई बुझाएको छ ।साइमेक्सले पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्कोई रेल सञ्चालनको प्रस्ताव गरेको छ । यसको रुट तिलगंगाबाट सुरु भएर एरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुनेछ ।काठमाडौंमा स्काई रेलको सम्भाव्यता अध्ययन गर्न जिम्मा पाएको साइमेक्स इंक कम्पनीले मंगलबार काठमाडौं महानगरपालिकालाई आफ्नो प्रारम्भिक रिपोर्ट बुझाएको हो ।sky-rail-airport

साथै भविश्यमा यो रुटलाई कीर्तिपुरसम्म लम्ब्याउने सकिने साइमेक्सको रिपोर्टले देखाएको छ ।

प्रस्तावित रूट

यस्तै महाराजगञ्ज नारायणगोपाल चोकबाट रत्नपार्क, सातदोबाटो गोदावरीसम्म स्काई रेल चलाउन सकिने रिपोर्टमा उल्लेख छ । साथै चक्रपथ परिक्रमाको रुटमा पनि स्काई रेल सञ्चालन गर्न सकिने अध्ययनले देखानएको साइमेक्स इंक कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्छ र निर्माण सक्न २ वर्ष समय चाहिन्छ ।

मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ ।

प्रस्तावित रूट २

तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने अध्ययनले देखाएको छ ।

प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरहरुसँग समन्वय गरेर उपयुक्त प्रस्ताव अघि बढाइने बताएका छन् ।

साइमेक्सका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले परियोजनाको लागत लगायत अन्य विवरण विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुने बताए । विस्तृत प्रतिवेदनले स्टेशनको संख्या, सडक संरचना, लागतलगायतका विषय निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता