स्कुले नानीहरुका लागि गज्जबको साइकल बस

काठमाडौँ, साउन ३,पढाइ दुई किसिमको हुन्छ।पहिलो स्कुलमा गएर शिक्षकको निगरानीमा किताब पढ्ने, दोस्रो खुला आकाशमुनि जीवनबाट पाठ सिक्ने। नेदरल्याण्ड्सले दोस्रो शिक्षा पद्धतिमा जोड दिन्छ। र, यसको सुरुआत गराउँछ विद्यार्थी घरबाट निस्केदेखि।अधिकांश देशमा सबै जसो स्कुलले विद्यार्थीलाई ल्याउन र पुर्याउन आफैं गाडीको बन्दोबस्त गरेको हुन्छ। स्कुलको गाडी नचढ्ने केटाकेटी पनि अभिभावकको हात समातेर जान्छन्। नेदरल्याण्ड्सले भने यी दुवै छाडेर तेस्रो पद्धति अँगालेको छ। उसले नानीबाबुहरुलाई आफैं स्कुल आउनमा जोड दिन्छ, त्यो पनि साइकलको झैं पेडल चलाएर।bicycle-bus-453x266

नेदरल्याण्ड्सको यो कदमको उद्देश्य विश्वमै बढिरहेको इन्धनको मात्र नभएर बच्चाहरुको स्वास्थ्य समस्या पनि कम गर्नु हो। सबै बच्चाले पेडल चलाउन मिल्ने ‘बाइसाइकल बस’ वातावरणमैत्री हुनुका साथै बच्चाहरुमा हुने मोटोपन कम गर्न पनि उपयोगी सावित भइसकेको छ।नेदरल्याण्ड्समा छोटो दुरीको यात्रा गर्न साइकल निकै लोकप्रिय छ भने यसका लागि सुविधायुक्त बाटाहरु पनि निर्माण गरिदिएको छ सरकारले। अब भने स्कुले नानीहरुलाई साइकल चलाउने पद्धतिमा समावेश गराइदैँछ। चार वर्षदेखि १२ वर्ष उमेरसम्मका केटाकेटी आफैं पेडल चलाउँदै स्कुल आइजाइ गर्छन् बाइसाइकल बसमा।

बाइसाइकल बस १२ वर्ष उमेरसम्मका ११ जना केटोकटी बस्न मिल्ने गरी डिजाइन गरिएको छ। एक जना वयस्क चालकले उनीहरुलाई पेडल चलाउने काममा मद्दत गर्छन्। यदि धेरै केटाकेटी छैनन् वा पुग्नु पर्ने अन्तिम गन्तव्यसम्ममा कम भए र बस चलाउन गाह्रो हुने भएमा यसमा भएको विद्युतीय मोटरको सहायताले चलाउन सकिन्छ।

नेदरल्याण्ड्स, जर्मनी र बेल्जियममा करिब दुई दर्जनभन्दा बढी बाइसाइकल बस बेचिसकेको छ उत्पादक कम्पनी टोलकाम्प मेटालस्पेशल्सले। विश्वका अन्य देश पनि यसप्रति सकारात्मक भएका र दिनानुदिन माग बढिरहेको कम्पनीले जनाएको छ। नेदरल्याण्ड्सको यो प्रयास अन्य मुलुकले पनि सराहनीय मानेका छन्।करिब १६ लाख रुपैयाँ मूल्य पर्ने बाइसाइकल बस इन्धनबाट चल्ने गाडीभन्दा आधा नै कम खर्चिलो हुन्छ।सन् २०३० देखि डिजेल–पेट्रोल गाडीमा पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको नेदरल्याण्ड्सले स्कुले केटाकेटीहरुबाटै साइकल चलाउने पद्धति सुरु गरेको हो। यो पद्धति विश्वमा चर्किएको इन्धन समस्याको विकल्प त भएको छ नै, साथमा केटाकेटीलाई सानैदेखि पछि आइपर्ने इन्धनका चुनौतिहरुको सामना गर्न पनि तयार गर्दैछ।अभिभावकसँग वा स्कुलको गाडीमा यसै बसेरभन्दा आफ्नै प्रयासमा यात्रा गराउने यो पद्धतिले केटाकेटीलाई आत्मनिर्भर बनाउँछ। उनीहरुको मानसिक–शारीरिक स्वास्थ्य र क्षमता विकासमा पनि यसको भूमिका महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता