राजधानीका केही स्थानमा विद्युत् कटौती

३१ असार, काठमाडौं । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युत्भार कटौती गर्न लागिएको हो ।

 

केन्द्रका अनुसार नयाँ चाबहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वती नगरलगायतका क्षेत्रमा दैनिक दुईदेखि तीन घण्टा विद्युत् कटौती हुनेछ ।

यस्तै राजधानीका अन्य क्षेत्रमा समेत मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका कारण सामान्य रुपमा अवरोध आउनसक्ने प्राधिकरणले जनाएको छ ।
यस्तै काठमाडौँको बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण बागमती, धोवीखोला क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शङखमूल क्षेत्र, बानेश्वर कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक–फरक समयमा दैनिक चार घण्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

पुग्दो मात्रामा विद्युत् उपलब्ध भइरहेको भए पनि सव स्टेशनको क्षमता वृद्धि तथा प्रसारण लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्नुपरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग