एकजना मात्र मान्छे बस्ने यी हुन् दुनियाका विचित्र सहरहरु

tomioka-japan_1499515451के तपाइँ कुनै सहरमा एक्लै बस्ने कल्पना गर्न सक्नुहुन्छ ? सायद यसबारेमा सोँच्न पनि सकिन्न । कोहीपनि मान्छे नबस्ने भुतबंगला सहरमा एक्लै कुनै व्यक्ति कसरी बस्न सक्छ र ?

तर यो दुनियामा यस्ता सहर पनि छन् जहाँ केबल एकजना मात्र मान्छे बस्छन् । यस्तै अनौठा सहर यी हुन् :

 

-जापानको तोमिओका सहरमा पनि केवल एक जना मात्र मान्छे बस्दछन् । सन् २०११ को सुनामी र आणविक विस्फोट पछि उक्त सहरमा बसिरहेका सबैजसो मानिस अन्यत्रै भागेपछि ५८ वर्षका नाओतो मत्सुमुरा मात्र त्यहाँ बसिरहेका छन् । उनी सहरमा छुटेका जनावरका लागि खानेकुराको व्यवस्था गर्न भन्दै त्यहाँ बसेका थिए ।

-अमेरिकाको नेब्रास्कास्थित मोनावीमा जम्मा एकजना महिला मात्र बस्छिन् । जागिर तथा राम्रो ठाउँको खोजीमा मानिसहरु उक्त सहरबाट पलायन हुँदै गएपछि त्यहाँ जम्मा एक दम्पत्ति मात्र बाँकी रहे । सन् २००४ मा पतिको मृत्यु भएपछि ती विधवा महिला मात्र उक्त सहरमा बस्छिन् अहिले । उनी नै उक्त सहरकी मेयर पनि हुन् ।

-अर्जेन्टिनाको विला इपेक्युएन सहर सन् १९२० मा स्थापना भएको थियो । त्यो कुनै समय पर्यटकको आकर्षणको केन्द्र थियो । सन् १९८५ मा आएको बाढीले सहर ध्वस्त भयो । बँचेका सबै मानिसले सहर छाडे । सन् २००९ मा उक्त सहरका पूर्व बासिन्दा पाब्लो नोभाक पुनः विला इपेक्युएन फर्के । उनको जन्म सोही सहरमा सन् १९३० मा भएको थियो ।

–  अमेरिकाको कोलोराडोस्थित बोनान्जा सहरमा चाँदीको खानी पाइएको थियो । सन् १८८० मा त्यहाँ बस्ती बसेको थियो । एक समय त्यहाँ १६ सय मानिस बस्दथे । तर चाँदी रित्तिएसँगै मानिसहरु सहर छाडेर जान थाले । सन् २०१० मा त्यहाँ जम्मा १६ जनामात्र मान्छे थिए । युवाहरुको पलायन तथा बुढाबुढीको मृत्यु सँगै उक्त सहरका जनसंख्या धेरैपटक एकजनामा झर्दै आएको छ । कहिलेकाहीँ बाहिर गएका युवायुवतीहरु फर्किँदा सहरको जनसंख्या केही बढि हुन्छ ।

-अमेरिकाको ब्योमिंगस्थित ब्युफोर्ड सहर सन् २०१३ मा एक भियतनामीले खरीद गरेका थिए । तत् पश्चात यसको नाम फिलडेली टाउन राखियो । सन् १८८६ मा उक्त सहर रेलवे मजदुरहरुको आरामस्थलको रुपमा स्थापना भएको थियो । उक्त समय त्यहाँ २ हजार मानिस बस्दथे । विस्तारै मानिसहरु सहर छाड्न थाले । अहिले त उक्त सहर खरीद गर्ने मानिस पनि त्यहाँ बस्दैनन् । सो सहरमा हाल एकजना मात्र मानिस बस्दछन्, ती हुन् डन सेमन्स । उनी सन् १९८० देखि त्यहाँ बस्दै आएका छन् । सन् १९९५ मा उनकी पत्नीको मृत्यु भयो । सन् २००७ मा छोराले समेत छाडेर अर्कै सहरमा पसेपछि डन एक्लै बस्दै आएका छन् सहरमा ।

-न्युजिल्याण्डको कास सहरको स्थापना सन् १९१० मा हुँदा त्यहाँ ८ सय मानिस बस्दथे । अहिले भने जम्मा ५ घरमात्र बाँकी छन् र एकजना मात्र मान्छे बस्दछन् । कास सहरमा बस्ने एकमात्र बासिन्दा हुन् बेरी ड्रमान्ड । उनी न्युजिल्याण्डको रेलवे कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की