घर दिने लोभमा २६ वर्षीया मोडलको बलात्कार, जबर्जस्ती गराइयो गर्भपतन

model-rape_1499675066_F120WuNXHmमुम्बईमा २६ वर्षीया मोडलले एक इस्टेट एजेन्टमाथि बलात्कार र जबर्जस्ती गर्भपतन गराएको मुद्दा दर्ता गरेकी छिन् । वर्सोवा पुलिस स्टेशनमा दर्ता गराएको ऊजुरीमा मोडलले दिएको जानकारी अनुसार एक एजेन्टले थुप्रै महिनादेखि उनलाई ब्ल्याकमेल गरेर उनलाई बलात्कार गरिरहेका थिए । उनले मोडलको जबर्जस्ती गर्भपतन पनि गराइसकेको उनले ऊजुरीमा बताएकी छिन् ।

उत्तर प्रदेशमा बस्ने यी मोडल र २८ वर्षीय एजेन्ट मनिष पिकवडेको पहिलो भेटघाट एक पार्टीको क्रममा भएको थियो । मनिषले आफूलाई रियल इस्टेट एजेन्ट बताएका थिए र मोडललाई फ्ल्याट दिलाउन मद्दत गर्ने बताए ।

यतिमात्र होइन, मनिषले ती मोडललाई आफ्नो घर नजिकै एक घर दिए र त्यहाँ आवतजावत गर्न थाले । यसैबिच एक दिन उनले मोडललाई बलात्कार गरे र त्यसपछि ब्ल्याकमेल गर्न सुरु गरे ।

मोडलले जब पुलिसमा ऊजुरी गरिदिने धम्की दिइन् तब मनिषले उनीसँग विवाह गर्ने बाचा गरेर मुख बन्द गराए ।

विवाहित हुन् मनिषः

मोडलले जब उनीबारे खोजी गर्न थालिन् तब मनिष विवाहित भएको पाइन् । तर दोस्रो पटक उनलाई चुप गराउनका लागि मनिषले श्रीमतीसँग सम्बन्धविच्छेद गरे ।

पीडित मोडलका अनुसार मनिषले लगातार ब्ल्याकमेल गरेर उनलाई बलात्कार गरिरहन्थे र जब उनी गर्भवती भइन् तब दुईपटक उनको गर्भपतन गराए ।

मोडललाई पिटे र घरबाट निकालिदिएः

गत शुक्रबार मनिषले मोडललाई नराम्रोसँग पिटेनन् मात्र उनलाई घरबाट निकालिदिए । त्यसपछि उनी आफ्नी साथीको मद्दतले वर्सोवा पुलिस स्टेशन पुगे र मनिषका विरुद्ध मुद्दा दर्ता गराइन् ।

मोडलको स्वास्थ्य परिक्षणपश्चात् मनिष विरुद्ध बलात्कार, कुटपिट र जबर्जस्ती गर्भपतन गराएको भनी मुद्दा दर्ता भयो । पुलिस अहिले मनिषको खोजीमा जुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग