घर दिने लोभमा २६ वर्षीया मोडलको बलात्कार, जबर्जस्ती गराइयो गर्भपतन

model-rape_1499675066_F120WuNXHmमुम्बईमा २६ वर्षीया मोडलले एक इस्टेट एजेन्टमाथि बलात्कार र जबर्जस्ती गर्भपतन गराएको मुद्दा दर्ता गरेकी छिन् । वर्सोवा पुलिस स्टेशनमा दर्ता गराएको ऊजुरीमा मोडलले दिएको जानकारी अनुसार एक एजेन्टले थुप्रै महिनादेखि उनलाई ब्ल्याकमेल गरेर उनलाई बलात्कार गरिरहेका थिए । उनले मोडलको जबर्जस्ती गर्भपतन पनि गराइसकेको उनले ऊजुरीमा बताएकी छिन् ।

उत्तर प्रदेशमा बस्ने यी मोडल र २८ वर्षीय एजेन्ट मनिष पिकवडेको पहिलो भेटघाट एक पार्टीको क्रममा भएको थियो । मनिषले आफूलाई रियल इस्टेट एजेन्ट बताएका थिए र मोडललाई फ्ल्याट दिलाउन मद्दत गर्ने बताए ।

यतिमात्र होइन, मनिषले ती मोडललाई आफ्नो घर नजिकै एक घर दिए र त्यहाँ आवतजावत गर्न थाले । यसैबिच एक दिन उनले मोडललाई बलात्कार गरे र त्यसपछि ब्ल्याकमेल गर्न सुरु गरे ।

मोडलले जब पुलिसमा ऊजुरी गरिदिने धम्की दिइन् तब मनिषले उनीसँग विवाह गर्ने बाचा गरेर मुख बन्द गराए ।

विवाहित हुन् मनिषः

मोडलले जब उनीबारे खोजी गर्न थालिन् तब मनिष विवाहित भएको पाइन् । तर दोस्रो पटक उनलाई चुप गराउनका लागि मनिषले श्रीमतीसँग सम्बन्धविच्छेद गरे ।

पीडित मोडलका अनुसार मनिषले लगातार ब्ल्याकमेल गरेर उनलाई बलात्कार गरिरहन्थे र जब उनी गर्भवती भइन् तब दुईपटक उनको गर्भपतन गराए ।

मोडललाई पिटे र घरबाट निकालिदिएः

गत शुक्रबार मनिषले मोडललाई नराम्रोसँग पिटेनन् मात्र उनलाई घरबाट निकालिदिए । त्यसपछि उनी आफ्नी साथीको मद्दतले वर्सोवा पुलिस स्टेशन पुगे र मनिषका विरुद्ध मुद्दा दर्ता गराइन् ।

मोडलको स्वास्थ्य परिक्षणपश्चात् मनिष विरुद्ध बलात्कार, कुटपिट र जबर्जस्ती गर्भपतन गराएको भनी मुद्दा दर्ता भयो । पुलिस अहिले मनिषको खोजीमा जुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र