कतारले दियो कडा जबाफ, अब के गर्छन् खाडी देशहरु ?

Qatarदुबई, २२ असार । नाकाबन्दी खोल्नका लागि कतारसँग राखिएका शर्तका बारेमा कतारले पठाएको जवाफसहितको पत्र चारवटा खाडी देशले बुधबार प्राप्त गरेको जनाएका छन् ।साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले आफ्ना शर्तहरु पुरा गर्न कतारलाई दिइएको यसअघिको चेतावनी समयमा सोमबार ४८ घन्टा थप गरेका थिए ।ती देशहरुले विच्छेद भएको कूटनीतिक सम्बन्ध पुनस्र्थापना गरी नाकाबन्दी खोल्न १३ बुँदे शर्त राखेका छन् । उक्त चेतावनीको समयका बारेमा लेखिएको जवाफी पत्र कतारले मङ्गलबार पठाएको थियो ।साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले बुधबार संयुक्त विज्ञप्ति प्रकाशन गरी कतारको जवाफी पत्र प्राप्त गरेको जनाएका छन् । उनीहरुले कुवेतका राजामार्फत सो पत्र प्राप्त गरेको जानकारी पनि सो विज्ञप्तिमार्फत नै गराएका हुन् ।

“चार देशले दिएको चेतावनीको ४८ घन्टा समयभित्रै कतारले पठाएको जवाफी पत्र कुवेत मार्फत् ती देशहरुले पाएका छन्, जुन पत्र कुवेतका राजा सेख सबाह अल अहमद अल जाबेर अल सबाहको आग्रहमा आएको हो,” संयुक्त अरब इमिरेट्सको सरकारी समाचार समिति वामले लेखेको छ ।

कतारका राजाले कुवेतका राजालाई पठाएको सो पत्र कतारी विदेशमन्त्रीले कुवेती विदेशमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो । कतारका राजाले लेखेको भनिएको सो हस्तलिखित पत्र कुवेतका राजाले बुधबार यस गठबन्धनका अरु तीन देशमा पठाएको समाचारमा जनाइएको छ ।इरानसँग सम्बन्ध थप बढाएको र आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा चार देशले गत जुन ५ तारिखदेखि कतारमाथि नाकाबन्दी लगाएका छन् ।कुवेतले सो कतार सङ्कटको समाधानका लागि मध्यस्थता गरिरहेको छ । कुवेतले कतारसँग वार्ताको पहलका लागि प्रयास गरिरहेको जनाएको छ । तर साउदी अरेबिया भने कतारसँग वार्तामा नबस्ने बताउदै आएको छ ।कतारसँग ती अरेबियाली देशले राखेका शर्तहरुमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने छ । त्यसैगरी इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने उनीहरुको अर्काे शर्त हो ।

यस पत्र आदानप्रदानका कारण कतारको सङ्कट समाधानको बिकल्प निस्किन सक्ने अनुमान गरिएको छ । तर उता छिमेकी यी खाडी देशहरुले नै आफूमाथि अनायास राखेका यी शर्त पूरागर्न कतार भने अनिच्छुक रहँदै आएको छ ।
उता इजिप्टले यसै बिषयमा बुधबार इजिप्टको राजधानी कायरोमा यी चार देशका विदेशमन्त्री स्तरमा बैठकको आयोजना गरेको छ । सोही बैठकमा यस कतारको जवाफी पत्रका बारेमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,