ट्रम्पको हातमा पृथ्वीको भविष्य अनिश्चित – स्टेफेन हकिङ्ग

एजेन्सी, २० असार । आफ्नो ७५औँ जन्मदिनको अवसरमा विश्वविख्यात वैज्ञानिक स्टेफेन हकिङ्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले निराश बनाएको बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै उनले भने, ‘पुथ्वी अहिले यस्तो अवस्थामा पुगिसकेको छ जहाँ हामीले अहिले नै जलवायु परिवर्तन सम्बन्धी ठोस कदम उठाउन सकेनौँ भने पृथ्वीलाई बचाउन असम्भव हुनेछ ।’

यस्तैमा उता राष्ट्रपति ट्रम्पले भने जलवायु परिवर्तनको समस्यालाई गम्भीरतापूर्वक नलिएकोले हकिङ्गले चिन्ता व्यक्त गरेका हुन् ।

पछिल्लो केहि महिनाअघि मात्रै ट्रम्पले पेरिस जलवायु अभियानबाट अमेरिकालाई बाहिर निकालेपछि धेरैले उनको विरोध गरेका थिए । जलवायु परिवर्तनसम्बन्धी समस्यालाई ट्रम्पले पहिलेदेखि नै अस्वीकार गर्दै आएका छन् ।

डोनाल्ड ट्रम्पको यस्तो लापरवाहीपूर्ण निर्णयले हाम्रो ग्रहको शान्तिपूर्ण वातावरणलाई आगामी पुस्ताका लागि खतरा सिर्जना गराइदिने हकिङ्गले बताए । उनको यस निर्णयले अमेरिकाको मात्र नभई ग्रहकै भविष्यमा असर पर्न सक्ने हकिङ्गको भनाइ छ ।

बढ्दो जनसङ्ख्या र प्रविधिको विकास भएसँगै दिनप्रतिदिन पृथ्वीको तापक्रम बढ्दो क्रममा छ । विज्ञहरुका अनुसार यदि यहि दरमा मौसम परिवर्तन भइरहने हो भने मानिसहरुको अस्तित्वमा यसले ठूलो प्रभाव पार्ने निश्चित छ । ट्रम्पको यस निर्णयको हकिङ्गले मात्र नभईइ पूर्व राष्ट्रपति बाराक ओबामाले समेत कडा निन्दा गरेका छन् ।

तर, यता संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले भने ट्रम्पको यस निर्णयप्रति कुनै आपत्ति नरहेको बताएका छन् । उनले भने अनुसार अमेरिकाले पेरिस सम्झौतामा सहभागीता नजनाएपनि ती सम्झौताअनुरुप नै आफ्ना लक्ष्य सजिलै पूरा गर्न सक्नेछ । साथै, यसले अन्य देशहरुको प्रतिबद्धतालाई समेत बलियो बनाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।